Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विदेशबाट नेपाल फर्किंदा २५ तोलासम्म सुनका गहना ल्याउन पाइने

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ १६, काठमाडौं । विदेशबाट फर्किएका नेपालीले साउन १ देखि  भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्रामको काँचो सुन ल्याउन पाइने भएका छन् ।  सरकारले आर्थिक विधेयक २०७६ मार्फत विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहना ल्याउन पाउने सीमा बढाएको हो।

सुनका गहना करिब २५ तोलासम्म

साउन १ देखि दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइने छ।  ५० ग्रामसम्म सुनका गहना ल्याउदा शुल्क लाग्दैन। थप एक सय ग्राम ल्याउदा प्रति दश ग्रामको सात हजार दुई सय रुपैयाँ लाग्छ। बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ।

काँचो सुन १० तोलासम्म

सय ग्राम (करिब १० तोला) सम्म काँचो सुन ल्याउन पाइने भएको छ। पचास ग्राम मात्र काँचो सुन आयात गर्दा प्रति १० ग्रामको ६ हजार दुई सय रुपैयाँ भन्सार लाग्ने छ। बाँकी पचास ग्रामको प्रती १० ग्रामको सात हजार दुई सय रुपैयाँ लाग्ने आर्थिक विधेयकमा उल्लेख छ।

विदेशीको हकमा धरौटी राख्नुपर्ने

विदेशीले नेपालमा सुनका गहना भित्र्याउदा गहनाको कुल लागतको २० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था छ। तर उक्त गहना फिर्ता गर्ने शर्तमा मात्रै भित्र्याउन मिल्छ। फिर्ता लैजादा धरौटी फिर्ता हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ।

सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट थियो। तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने जनाइएको छ।