२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

स्थायि निति निर्माणमा सञ्चारको भुमिका महत्वपुर्ण

२५ मंसिर २०७२, शुक्रबार २०:५४

कृष्ण कँडेल/मङ्सिर २६, गलकोट । गलकोट क्षेत्रका राजनैतिक अगुवाहरुले स्थानिय निति निर्माण र विकासमा सञ्चार मध्यमले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने वताएका छन् ।

गलकोट सुचना तथा सञ्चार सहकारीले स्थानिय निति निर्माण र विकाशमा सञ्चारको भुमिका विषयमा गलकोटका राजनैतिक अगुवासँग आज गरेको अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपाली काग्रश जिल्ला कार्य समिति सदस्य फमबहादुर खत्रीले गलकोट एफएमले प्रसारण गर्ने समाचार तथा कार्यक्रममा गलकोटको साझा धारणा आत्मसथ हुने गरेको वताउनुभयो ।

उहाँले सवैभन्दा राम्रो पक्ष राजनैतिक, समाजिक र सास्कृतिक रुपमा सन्तुलित सामग्री प्रसारण हुने गरेको तर्क गनुभयो । नेकपा एमाले गलकोट विशेष ईलाका समिति संयोजक वुलबहादुर केसीले गलकोटलाई सुचनाको अन्धकारबाट जोगाउन सञ्चार माध्यमलाई बचाउनुपर्ने बताउनुभयो । केसीले लक्षित बजेटबाट सञ्चालन हुने कार्यक्रमको बरेमा निग्रानी बढाउनुपर्ने बताउनुभयो ।
त्यस्तै एकिकृति नेकपा माओवादी हटिया गाउँ पार्टि अध्यक्ष चित्र सहनीले स्थानिय संघ सस्थाले गर्ने कार्यक्रमको प्रचार प्रसार र निगरानीमा सञ्चारले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका जिल्ला समिति सदस्य नेत्र वुढाथोकीले गविस सचिव र दलका नेतालाई सचेत गराउने खालका कार्यक्रम गर्नुपर्ने भन्दै उनिहरु सचेत नहुँदा गाविसहरु न्युनतम सर्तमापनमा फेल हुने गरेको बताउनुभयो । कार्यक्रममा गलकोट सुचना तथा सञ्चार सहकारीका सञ्चार समिति सदस्य तथा गलकोट एफएमका स्टेसन म्यानेजर कृष्ण कँडेलले स्थानिय निति निर्माण र विकाशमा सञ्चार माध्यमको भुमिका विषयमा आधार पत्र प्रस्तुत गर्नुभएको थियो ।

सहकारीका उपाध्यक्ष गुमासिंह बुढाथोकीले संस्थागत अवधारण राख्नुभएको थियो । सहकारीका सञ्चालक समिति सदस्य हर्कबहादुर पाण्डेले गाविसको बजेट र कार्यक्रममा सञ्चारलाई समेट्न राजनैतिक अगुवालाई आग्रह गर्नुभएको थियो । कार्यक्रमाम गलकोट क्षेत्रका राजनैतिक अगुवाहरुको सहभागीता रहेको सहकारीका प्रवन्ध निर्देशक गणेश खत्रीले जानकारी दिनुभएको छ ।

सहकारीले गलकोट र आसपासको क्षेत्रमा सुचनाको पहुँच विस्तार गरि नागरिकलाई सु–सुचित गर्ने उदेश्यले २०६७ सालदेखि गलकोटपत्र साप्ताहिक र २०६८ सालदेखि सामुदायिक रेडियो सञ्चालन गर्दै आएको छ ।

स्थानिय शुसासन, निति निर्माण, विकाश निर्माण लगायतमा सञ्चार माध्यमको भुमिकाको विषयमा अन्तरक्रिया गरिएको सहकारीका अध्यक्ष राजबहादुर थापाले जानकारी दिनुभएको छ ।

रेडियो र पत्रिकाले गलकोटका १२ ओटा गाविसलाई मुख्य प्राथमिकतामा राखेर समाचार तथा कार्यक्रम प्रकाशन प्रसारण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली