१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन करिव ५ सय जनाले सेवा लिए (फोटो कथा)

२ पुष २०७२, बिहीबार २१:२१

कृष्ण कँडेल/पुस ३, गलकोट । गलकोटको हरिचौरमा बिहिबारदेखि तिन दिने निशुल्क स्वाथ्य शिविर सुरु भएको छ ।

व्रिटिस गोर्खा वेल्फेयर स्किम र कादुरी नेपालको संयुक्त आयोजनामा पुस ४ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य शिविर आजदेखि सुरु भएको हो ।

nishulka shibir7

हरिचौरको ठुलाथरमा रहेको नवज्योति दुर्गा निमाविको परिसरमा शिविर सञ्चालन गरिएको हो । पहिलो दिनमा शिविरबाट ४ सय ९४ जनाले सेवा लिएका छन् भने ८ सय ७६ ओटा स्वास्थ्य समस्याको चेकजाँच, उपचार तथा औषधि प्रदान गरिएको छ । २७ जनाका आँखाको मोतियाविन्दुको शल्यक्रिया भएको छ भनने ७८ जनाको दाँत निकालिएको छ ।

nishulka shibir6

शिविरमा १ सय ३ जना महिलाको स्वास्थ्य परिक्षण गरिएकोमा ८ जनाको रिङ पेसरी राखिएको व्रिटिस गोर्खा ओएलफेयर स्किम पोखराका स्वास्थ्य शिविर संयोजक ठाकुर गुरुङले जानकारी दिनुभएको छ ।

शिविरमा सम्पुर्ण स्वास्थ्य समस्याको जाँच एवं औषधि प्रदान, आँखा सम्वन्धि उपचार तथा मोतियाविन्दुको सल्यक्रिया, दाँतको उपचार, महिला स्वास्थ्यकर्मीद्वारा स्त्री रोग तथा पाठेघरको परिक्षण तथा उपचार, निशुल्क परामर्श तथा औषधि वितरण गरिने आयोजकले जनाएको छ ।

nishulka shibir5

स्वास्थ्य शिविरको व्यवस्थापनमा स्थानिय संगम युवा क्लव र उद्यमशिल आमा समुहको अगुवाईमा स्थानियले सहयोग गरेका छन् ।संगम युवा क्लवका अध्यक्ष सेरबहादुर पुनले स्थानिय सामग्रीको व्यवस्थापन क्लव मार्फत गरिएको जानकारी दिनुभएको छ ।

उद्यमशिल आमा समुहको अगुवाईमा स्थानिय महिलाहरुले स्वयंसेवक परिचालन लगायतका काम गरिएको समुहकी कोषाध्यक्ष धनमायाँ श्रीसले जानकारी दिनुभयो ।

nishulka shibir4

nishulka shibir3

nishulka shibir2

nishulka shibir1

nishulka shibir

nishulka ausadhi

nishulka shibir8

तस्बिर: कृष्ण कँडेल, गलकोट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली