2026-11-02 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकायका प्रमुखको एकलौटि निर्णय, सिकारमा विद्यार्थी

भुवन भट्ट | हेत १९, कञ्चनपुर | शुदुरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्ययनरत गरिव विद्यार्थी भर्ना शुल्कमा मिलेको प्रक्रिया कार्यान्वयनमा नआउदा परीक्षा दिनबाट बञ्चीत हुने अवस्थामा पुगेका छन् । शुदुरपश्चिमाञ्चल विश्वविद्यालयले ५० प्रतिशत भर्ना शुल्कमा परीक्षा फारम बुझाउने व्यवस्था गरेपनि व्यवस्थापन संकायले उक्त निर्णय कार्यान्यवन नगरीदिदा ५० प्रतिशत भर्ना रकम बुझाएका विद्यार्थी परीक्षा दिन बाट बञ्चीत हुने अवस्थामा पुगेका हुन् । शुदुरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायमा अध्ययनरत एक विद्यार्थीले पारीवारीक समस्याका कारण अपुग रकम पछि बुझाउने भन्दै पटक पटक व्यवस्थापन संकायका विभागिय प्रमुखलाई हार गुहार गरेपनि उनको कुनै सुनुवाई भएन् । शुदुरुपश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गतको विविएस, चौथो वर्ष र तेश्रो वर्षका लागि परीक्षा फारम खुलाएको छ । 

जसको समय अवधि जेठ १७ गते सम्म तोकिएको थियो । ति विद्यार्थीले जेठ १५ गते पारीपारीक समस्या सहित विभागित प्रमुख प्रेम सिह खातीलाई भेटे । तर विभागिय प्रमुखले सबै विद्यार्थीलाई मिलाउन नसकिने बताए । विद्यार्थीका अनुशार विभागिय प्रमुख खातिले उनिमाथि पुरा रकम बुझाउन दबाब मात्र दिएनन नेताको पहुच नपुगेका विद्यार्थी पनि आफुकहा आग्रह गर्न कसरी आईपुग्छन भनी आफुलाई प्रक्रियानै मिलाउन नसक्ने भन्दै बाहिर लगाएको बताए । १५ गते विभागिय प्रमुखलाई भेटेका ति विद्यार्थीले १७ गते विहान पनि भेटेको बताए । तर १७ गते विहान देख्ना साथ विभागिय प्रमुखले त अस्तीकै समस्या लिएर आएको हो त भनि प्रस्न गरेको सुनाए । विभागिय प्रमुखले ति विद्यार्थीमाथि दुव्यवहार मात्रै गरेनन मानसिक यातना सम्म दिएको पिडित विद्यार्थीको गुनासो छ । एक विद्यार्थी नेताका अनुशार वर्षोदेखि विश्वविद्यालयमा गरीव, शामान्य विद्यार्थीहरुको हारगुहारको कुनै सुनुवाई भएको छ्रैन् । नेता र कर्मचारीको पहुचमा पुगेका विद्यार्थीहरु उनिहरुसँग आग्रह गरि समस्या सुल्झीएको बताउछन् । ति विद्याथि नेताका अनुशार करिव सय बढिको हाराहारीमा आफुले कुरा गरेर विद्यार्थीहरुका समस्याहरु सुल्झाई परीक्षामा सहभागि गराईका छन् । तर गरिव , पहुच नभएका विद्यार्थीहरुको भने उत्त विश्वविद्यालयमा सधै कुभलो हुने गरेको छ । श्रोतका अनुशार विगत ८ वर्ष सम्म पनि भर्ना शुल्क नबुझाएका विद्यार्थीहरु परीक्षामा सहभागि भएका छन् । पावर र पहुचका आधारमा त्यस्ता विद्यार्थीहरुलाइ विश्वविद्यालयले भर्ना शुल्क समेत मिनाहा गर्ने गरेको श्रोतको दाबी   छ । 

शुदुरपश्चिमाञ्चल विश्वविद्यालयले ५० प्रतिशत भर्ना शुल्क बुझाएका विद्यार्थीलेपनि परीक्षामा सहभागि हुने व्यवस्था मिलाएको छ । व्यवस्थापन सँकायका विभागिय प्रमुख सँग नेविसँघको ३ पटकको वार्तापछि ५० प्रतिशत शुल्क बुझाएका विद्यार्थीले परीक्षादिन पाउने सहमति भएको नेविसँघका नेता नागेश प्रसाद पन्तले बताए । ‘पटक पटक विभागित प्रमुख खातिलाई हाम्रो सँगठनले गरीव विद्यार्थीका समस्या सुल्झाउन आग्रह ग¥यौ ,तेश्रो पटक गत ३ साता पहिले मात्रै परीक्षा फारम बुझाउन बाकि रहेका विद्यार्थीलाई अन्तीम चरणमा पुगेर ५० प्रतिशत शुल्क बुझाई प्रथम वर्ष , द्धुतिय वर्ष र तृतिय वर्षका विद्यार्थीले परीक्षा फारम भर्न पाउने सहमति सहित नेविसंघले वार्ता टुङ्ग्याएको ’ उनले भने । तत्कालीन एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता केशव राज अवस्थीेले सबै विद्यार्थीलाई समान व्यवहार गरीनुपर्ने बताए । आठ वर्ष सम्म पनि भर्ना शुल्क नबुझाएका विद्यार्थीले परीक्षा दिनपाईरहेकोे अवस्थामा कसैलाई परीक्षाबाटनै बञ्चीत हुने अवस्था आउनु गलत भएको उनले बताए । विश्वविद्यालयले वर्षोदेखी भर्ना शुल्क नबुझाएका विद्यार्थीहरुलाई पनि परीक्षामा समावेश गरेको भए त्यसको जिम्मेवारी सँकाय प्रमुख र लेखाप्रमुखले लिनुपर्ने उनले बताए । विश्वविद्यालयमा नाताबाद कृपावाद हुन नहुने उनको भनाई थियो । विविएस तेश्रो वर्षमा अध्ययनरत कृष्णसिह ऐरले पनि विद्यार्थीहरुलाई काखापाखा नगरीनुपर्ने बताए । उनले विश्वविद्यालयमा राजनिति हावि भएको बताउदै आसोपासे ,तालाबन्दी गर्ने र धाकधम्की दिने विद्यार्थीलाई मात्रै टेर्ने तर गरिव पहुच नपुगेका ईमान्दार विद्यार्थलाई नर्टेने विश्वविद्यालयको प्रवृतिमा सुधार आउनु पर्ने बताए । यता व्यवस्थापन सँकायका विभागिय प्रमुख खातिले भने १८ गते सम्म पारीवारीक स्पस्ट्रीकरण सहित ति विद्यार्थीलाई आउन भनेको बताएका छन् । उनले ति विद्यार्थी आफु कहा १५ गते आएको बताउदै असार मसान्त पनि नजिकिएकाले पुरै भर्ना शुल्क पुरा गरिनुपर्ने भन्दै सम्झाई बुझाई गरी पठाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द