२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

महिलालाइ आर्थिक, सामाजिक रुपमा सक्षम बनाउनुपर्छ: प्रजिअ पौडेल

२४ मंसिर २०७२, बिहीबार ०७:४१

प्रज्वल पौडेल/मङ्सिर २४, रामेछाप । रामेछापका प्रमुख जिल्ला
अधिकारी शेषनारायण पौडेलले लैङ्गिक हिंसा अन्त्य गर्न महिलालाइ आर्थिक, सामाजिक रुपमा सक्षम बनाउनुपर्ने
बताएका छन् ।

सदरमुकाम मन्थलीमा बिहिबार लैङ्गिक हिंसा
विरुद्धको १६ दिने अभियानको समापनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले हिंसा
विभेदबाट सूरु हुने बताएका हुन् ।

उनले छोरा र छोरीको विभेद
अन्त्य नभएसम्म हिंसाका घटनामा कमि आउन नसक्ने धारणा राखे । प्रजिअ पौडेलले बुढेसकालको सहारा छोरा मात्र
नभइ छोरी पनि हो भन्ने मानसिकता समुदायमा र आमाबाबुमा नभएसम्म विभेद अन्त्य नहुने बताए ।

महिलाको समानता र अधिकारको पक्षमा काम गर्ने व्यक्ति तथा संस्थालाई
धन्यवाद दिदै पौडेलले महिलालाई हेर्ने दृष्टिकोणलाई परिवर्तनको सूरुवात आफैवाट गर्नुपर्ने धारणा राखे

जिल्ला प्रशासन कार्यलय रामेछापले बैदेशिक रोजगारमा गएर
कार्यलयमा उपस्थिति हुन नसन्ने, बाबुको नाम ठेगाना पत्ता लाग्न नसकेको परिवारका सन्तानलाइ आमाको नामबाट
नागरिकता दिन थालेको समेत जानकारी गराए ।

यसैगरी स्थानीय विकास
अधिकारी दिनेशराज पन्तले अहिले हरेक गाउँ, समाजमा हिंसा विरुद्ध सचेतिकरण कार्यक्रम संचालन भइरहेको बताए

हिंसा घटाउन राज्यले बनाएको कानुन के कस्तो छ र पिडितले न्याय
कसरी पाइरहेका छन् त्यसको अध्ययन गर्नु अहिलेको आवश्यकता रहेको पन्तको भनाइ छ । उनले राजनैतिक, आर्थिक
सामाजिक विभिन्न परिवेशले महिला हिंसा बढेको धारणा राखे ।
यस्तै महिला तथा बालबालिका कार्यालयका
महिला विकास अधिकृत सूशिला वाग्लेले शक्तिशाली र शक्तिहिन वीचमा हिंसा हुने गरेको बताइन् । उनले महिला र
पुरुष वीच हेर्ने दृष्टिकोणको कारणले समुदायमा हिंसा व्याप्त भएको धारणा राखिन् ।

वाग्लेले महिला माथि हुने हिंसाको अन्त्य गर्न र पिडितलाई न्यायको ढोका सम्म
पु¥याउन कार्यलय सधै तयार रहेको बताइन् । महिला तथा बालबालिका कार्यलयको आयोजना भएको सो कार्यक्रममा
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सम्लग्न विभिन्न संघ संस्थाका प्रतिनिधीले आफूले गरेको
कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी जिल्ला स्थित
राजनैतिक दलका प्रतिनिधीहरुले जिल्लाका विभिन्न प्रहरी चौकीमा महिला प्रहरी हुन नसक्दा महिलाले आफ्नो
समस्या खुलेर राख्न नसकेको बताएका थिए । उनीहरुले लैङ्गिक हिंसा हुनुको प्रमुख समस्या केहो त्यसको
अनुसन्धान गर्नु जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली