२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

महिलालाइ आर्थिक, सामाजिक रुपमा सक्षम बनाउनुपर्छ: प्रजिअ पौडेल

२०७२, २४ मंसिर बिहीबार ०७:४१

प्रज्वल पौडेल/मङ्सिर २४, रामेछाप । रामेछापका प्रमुख जिल्ला
अधिकारी शेषनारायण पौडेलले लैङ्गिक हिंसा अन्त्य गर्न महिलालाइ आर्थिक, सामाजिक रुपमा सक्षम बनाउनुपर्ने
बताएका छन् ।

सदरमुकाम मन्थलीमा बिहिबार लैङ्गिक हिंसा
विरुद्धको १६ दिने अभियानको समापनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले हिंसा
विभेदबाट सूरु हुने बताएका हुन् ।

उनले छोरा र छोरीको विभेद
अन्त्य नभएसम्म हिंसाका घटनामा कमि आउन नसक्ने धारणा राखे । प्रजिअ पौडेलले बुढेसकालको सहारा छोरा मात्र
नभइ छोरी पनि हो भन्ने मानसिकता समुदायमा र आमाबाबुमा नभएसम्म विभेद अन्त्य नहुने बताए ।

महिलाको समानता र अधिकारको पक्षमा काम गर्ने व्यक्ति तथा संस्थालाई
धन्यवाद दिदै पौडेलले महिलालाई हेर्ने दृष्टिकोणलाई परिवर्तनको सूरुवात आफैवाट गर्नुपर्ने धारणा राखे

जिल्ला प्रशासन कार्यलय रामेछापले बैदेशिक रोजगारमा गएर
कार्यलयमा उपस्थिति हुन नसन्ने, बाबुको नाम ठेगाना पत्ता लाग्न नसकेको परिवारका सन्तानलाइ आमाको नामबाट
नागरिकता दिन थालेको समेत जानकारी गराए ।

यसैगरी स्थानीय विकास
अधिकारी दिनेशराज पन्तले अहिले हरेक गाउँ, समाजमा हिंसा विरुद्ध सचेतिकरण कार्यक्रम संचालन भइरहेको बताए

हिंसा घटाउन राज्यले बनाएको कानुन के कस्तो छ र पिडितले न्याय
कसरी पाइरहेका छन् त्यसको अध्ययन गर्नु अहिलेको आवश्यकता रहेको पन्तको भनाइ छ । उनले राजनैतिक, आर्थिक
सामाजिक विभिन्न परिवेशले महिला हिंसा बढेको धारणा राखे ।
यस्तै महिला तथा बालबालिका कार्यालयका
महिला विकास अधिकृत सूशिला वाग्लेले शक्तिशाली र शक्तिहिन वीचमा हिंसा हुने गरेको बताइन् । उनले महिला र
पुरुष वीच हेर्ने दृष्टिकोणको कारणले समुदायमा हिंसा व्याप्त भएको धारणा राखिन् ।

वाग्लेले महिला माथि हुने हिंसाको अन्त्य गर्न र पिडितलाई न्यायको ढोका सम्म
पु¥याउन कार्यलय सधै तयार रहेको बताइन् । महिला तथा बालबालिका कार्यलयको आयोजना भएको सो कार्यक्रममा
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सम्लग्न विभिन्न संघ संस्थाका प्रतिनिधीले आफूले गरेको
कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी जिल्ला स्थित
राजनैतिक दलका प्रतिनिधीहरुले जिल्लाका विभिन्न प्रहरी चौकीमा महिला प्रहरी हुन नसक्दा महिलाले आफ्नो
समस्या खुलेर राख्न नसकेको बताएका थिए । उनीहरुले लैङ्गिक हिंसा हुनुको प्रमुख समस्या केहो त्यसको
अनुसन्धान गर्नु जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन