2026-10-27 04:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा खुलेको कतार भिषा सेन्टर के हो ? कसरी काम गर्छ ? कति शुल्क लाग्छ ? (भिडियो सहित)

अनिल अधिकारी | जेठ २०, काठमाडौँ | वैदेशिक रोजगारीको लागि नेपाली कामदारको प्रमुख मध्ये एक गन्तव्य कतारले काठमाडौंमा जेठ १५ गतेदेखि ‘कतार भिषा सेन्टर’को औपचारिक शुरुवात गरिसकेको छ । आप्रवासी श्रमिक लिने प्रकृयालाई अझै सजिलो बनाउनको लागि कतारले आफ्नो देशमा काम गर्न आउने विभिन्न आठ वटा देशमा करिब २० वटा भिषा सेन्टर निर्माण गर्ने योजना अनुरुप काठमाडौंमा पनि भिसा सेन्टरको औपचारिक शुरुवात गरेको हो ।

यस सम्बन्धि भिडियो अन्तिममा छ… 

नेपालमै कतार भिषा सेन्टर खुलेपछी यसले लिने शुल्कको बिषयमा बिभिन्न टिकाटिप्पणीहरु सुरु भईरहेको बेला साझा सबाल मिडियाले यस विषयमा सम्बन्धित कम्पनीसँग स्पष्ट जानकारी लिएको छ । कतार भिषा सेन्टरले नेपाली कामदारसँग कुनै पनि शुल्क भिषा सेन्टरले नलिने स्पष्ट पारेको छ । कतारमा रहेको रोजगारदाता कम्पनीलेनै भिषा सेन्टरमा लाग्ने सम्पूर्ण शुल्क तिरीसक्ने हुँदा त्यसबापतको शुल्क कतार जाने नेपाली कामदारले तिर्नु नपर्ने नेपालस्थित कतार भिषा सेन्टरका सेन्टर म्यानेजर गौरव क्षेत्रीले साझा सबाललाई बताए । क्षेत्रीले कतार भिषा सेन्टरको अफिसियल वेबसाइटमा उल्लेख भए अनुसारको ‘लाउन्ज फी’ अर्कै देशको हकमा लागु भएको भन्दै उक्त शुल्क (१३७ डलर) नेपाली कामदारले तिर्नु नपर्ने स्पष्ट पारे । उनका अनुसार कतार भिषा सेन्टरको वेबसाइटमा राखिएको उक्त शुल्कबारे जानकारी नेपालको लागि नभएकोले केहि दिनमा वेबसाइटबाटै हटाइनेछ । क्षेत्रीले भने ‘कतार जाने नेपाली कामदारको लागि कतार भिषा सेन्टरले दिने सम्पूर्ण सेवा निशुल्क हुन्छ । यसमा कुनै शंकै नमान्नुस् ।’

उनले बताए अनुसार यस अघि नेपाली कामदारले कतार पुगेपछी गर्ने बायोमेट्रिक र मेडिकल नेपालमै गर्न लागिएको हो । नेपालमा खुलेको भिषा सेन्टरको सेवाले नेपाली म्यानपावर बजार तथा मेडिकल बजारमा कुनै असर नगर्ने उनले दावी गरे । क्षेत्रीले भने ‘यो नेपाली कामदारकै हितमा छ । कतिपय नेपाली कामदार रोजगारीको आशामा कतार पुगेर मेडिकल वा बायोमेट्रिक फेल भई रित्तो हात नेपाल फिर्ता हुन अब पर्दैन । किनभने यस अघि कतारमा कामदार पुगेपछि गरिने मेडिकल अब कतार जानु अघि नेपालमै हुन्छ ।’ 

अब यस्तो हुनेछ, कतार बैदेशिक रोजगारीमा जाने प्रक्रिया: 

१. पहिले जसरी नेपालमा रहेका म्यानपावर कम्पनीहरुले कतारबाट डिमाण्ड प्रामाणिकरण गरेर ल्याउने गर्थे, उक्त प्रक्रिया यथावत हुनेछ ।

२. म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीले म्यानपावरलाई पठाएको मागपत्र अनुसार पूर्वस्वीकृति र पत्रिकामा माग भएको जानकारी सहितको विज्ञापन गर्नेछ ।

३. श्रम कार्यालयले दिएको पूर्वस्वीकृति अनुरुप म्यानपावर कम्पनीले कामदारको छनोट पुरानै प्रक्रियामा गर्नेछ ।

४. छनोट भएका कामदारले पुरानै प्रक्रियामा नेपाल सरकारको स्वीकृतिप्राप्त मेडिकल सेन्टरमा पुगेर मेडिकल गर्नेछन् ।

५. कतार जान चाहने कामदारको मेडिकल रिपोर्ट सहितको पुरानै प्रक्रियाका कागजात विवरण म्यानपावर मार्फत कतारमा रहेको रोजगारदाताले पाउने छ र रोजगारदाताले कतारमै भिषा सेन्टरलाई आवश्यक पैसा तिरिदिएर त्यसको रेफरेन्स नम्बर म्यानपावरमा पठाउनेछ । 

६. सोहि रेफरेन्स नम्बर र कामदारको सक्कल पासपोर्ट बोकेर कतार जाने कामदार काठमाडौँमा खुलेको भिषा सेन्टरमा पुग्नेछ र आवश्यक शैक्षिक (प्रमाणिकरण सहितको) तथा आवश्यक कागजात बुझाई नि:शुल्क बायोमेट्रिक सेवा तथा 

मेडिकल गर्नेछ । 

७. भिषा सेन्टरले मेडिकल/बायोमेट्रिक सफल भएको कामदारको विवरण कतार पठाएपछि त्यसैको आधारमा नेपाली कामदारको भिषा जारी हुनेछ ।

८. भिषा आएपछि कामदार अब कतार कामदार भिषामा जानको लागि योग्य हुनेछ । म्यानपावरले अब पुरानै प्रक्रियाले कामदारलाई कतार पठाउनेछ । 

यसरी कतार पुगेका कामदारले कतार पुगेर छुट्टै वायोमेट्रिक तथा मेडिकल गरिराख्नुपर्दैन जसको कारणले कामदार कतारको कम्पनीमा पुगे लगतै काम सुरु गर्न थाल्छ । कतार पुगेको नेपाली कामदारमा पहिले जस्तो कतारमा गरिने मेडिकल फेल हुने वा बायोमेट्रिकको कारण नेपाल फिर्ता हुनुपर्ने भन्ने समस्याको अन्त्य हुन्छ । किनभने यसअघि कतारमा पुगेर गरिने मेडिकल तथा बायो मेट्रिकको सेवा कामदारको भिषा जारी हुनु अगावै नेपालको भिषा सेन्टरले प्रदान गरिसकेको हुन्छ ।  

कतारको भिषा सेन्टर काठमाडौँमा खुलेपछी बिभिन्न संचार माध्यमहरुले अब कतारको रोजगारी खोज्ने कामनै भिषा सेन्टरले गर्ने भन्दै समाचार लेखेका थिए । यस बिषयमा कतार भिषा सेन्टर, काठमाडौँले आफूहरुले बायोमेट्रिक र मेडिकल गर्ने बाहेक अन्य कुनै काम नगर्ने र कुनै पनि नाममा शुल्क नउठाउने स्पष्ट पारेको छ ।

यस बिषयमा थप जानकारी र कतार भिषा सेन्टरको प्रक्रियाबारे थप स्पष्ट जानकारी तलको भिडियोमा हेर्न सक्नुहुनेछ । 

VIDEO LINK >> CLICK HERE

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला