2026-09-18 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङको रिघा क्षेत्र नम्वर–३ को पहिलो पुर्ण साक्षर तथा खोपयुक्त गाविस घोषित

कृष्ण कँडेल । पुस २७, गलकोट । गलकोटको रिघा गाउँ विकाश समितिलाई पुर्ण साक्षर तथा पुर्ण खोपयुक्त घोषणा गरिएको छ । गाविसलाई आज विशेष कार्यक्रम गरि जिल्लाको १६ औँ पुर्ण साक्षर र पुर्णखोपयुक्त घोषणा गरिएको हो ।

गाविसको जम्मा जनसंख्या ४ हजार २ सय ३७ मध्य १५–६० उमेर समुहका २ हजार ५ सय ९१ रहेकोमा ९९.६९ प्रतिशत अर्थात २ हजार ५ सय ८३ जना साक्षर बनेपछि पुर्ण साक्षर घोषणा गरिएको गाउँ शिक्षा समिति रिघाले जनाएको छ । गाविसमा ७३ जना बालवालिका खोप उमेर समुहका भएकोमा सतप्रतिशतले सम्पुर्ण खोप पाएको गाउँ शिक्षा समितिका संयोजक तथा गाविस सचिव कर्मप्रसाद गौतमले जानकारी दिनुभयो ।

रिघा बागलुङ निर्वाचन क्षेत्र नम्वर–३ को पहिलो पुर्ण साक्षर र खोपयुक्त गाविस बनेको स्रोतव्यक्ति दिनेश पन्तले जानकारी दिनुभयो । कार्यक्रममा सांसद् ज्ञानकुमारी छन्त्यालले मुलुक विखण्डन गर्ने गरि उठार्ईका मागलाई सम्वोध गर्न नसकिने भन्दै राष्ट्रको स्वाभिमानको लागि नेपाली जनताले केहि समय दुख भोग्न तयार रहेको दावि गर्नुभयो । उहाँले रिघा गाविस क्षेत्र नम्वर–३ को पहिलो पुर्णसाक्षर र खोपयुक्त बनेको भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियो । जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले शिक्षक आफ्नो पेशाप्रति जिम्मेवार बन्दै वालवालिकाको सिकाई उपलब्धि सुधार गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गाविसक ९ ओटै वडाबाट सचेतना र्याली तथा झाँकि सहित सहभागी कार्यक्रम स्थल ठुलोचौरमा पुगेर विशेष कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानिय सोरठी, घाटु तथा लोक नृत्य प्रश्तुत गरिएको सञ्चारकर्मी मित्र खरेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई