२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

जर्मन राजदुताबासका डेपुटी चिपद्धारा गेलुमा अनुगमन

२४ मंसिर २०७२, बिहीबार २०:५०

jarman rajdut
anugamanप्रज्वल पौडेल/मङ्सिर २५, रामेछाप । जर्मन सहयोग
नियोग विएम जेडको सहकार्यमा नेपाल ग्रामिण पुननिर्माण संस्था आरआरएन रामेछापले गेलु गाविसमा सञ्चालन
गरेको विभिन्न कार्यक्रमको स्थलगत अनुगमन भएको छ ।

अनुगमन
टोलीले गेलु–३ स्थित आरआरएनको सहयोगमा बनेको पशुपति निमाविको पक्की भवनको निरीक्षण गरेको छ । सोही
विद्यालयमा एक कार्यक्रमको आयोजना गरि अनुगमन टोलीलाई विद्यालयका शिक्षक विद्यार्थी र अभिभावकले स्वागत
गरेका थिए ।
यसैबीच स्थानीयहरुले आरआरएनले कार्यक्रम सञ्चालन गरेपछि शिक्षा, स्वास्थ्य, सरसफाई
लगायतको क्षेत्रम प्रगति भएको बताएका थिए । परियोजना सुरु भएसँगै स्वास्थ्य र सरसफाइमा निकै राम्रोसँग
परिवर्तन भएको उनीहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै
विद्यार्थीहरुले आरआरएनले सञ्चालन गरेको विद्यालय स्तरमा जंगपूmड हटाउने अभियान सार्थक भएको बताउँदै
अहिले प्रत्येक विद्यार्थीले घरमै बनेको खाजा लिएर आउने गरेको अनुगमन टोलीका सुनाएका थिए । अहिले
अभिभावकहरुले समेत घरमै बनेको खाजा बच्चालाई स्कूल पठाउन थालेको बताएका थिए ।

त्यसबखत विद्यालयका शिक्षकहरुले आरआरएन समक्ष विद्यार्थीहरुलाई स्कलरशीप, कम्प्युटर
शिक्षक र हाइटेक प्रविधिको कक्षा व्यवस्थापन गरिदिन माग गरेका छन् ।
सोही अनुगमन टोलीले गेलु–६ स्थित
काउलेभञ्ज्याङ्गमा आरआरएनको १५ लाख आर्थिक सहयोगमा बनेको खानेपानीको ट्यांकीको अवलोकन गरेको थियो

ट्याङकी बनेसँगै १ सय ४४ घरधुरीले खानेपानी सुविधा पाएका छन्
। त्यसैगरी माथिल्लो नाटिला लहरेबर काउले सडक खण्डको स्थलगत अवलोकन समेत गरिएको छ ।

४.८ किमी सडक स्तर उन्नती गर्नको लागि आरआरएनले २४ लाख आर्थिक सहयोग गरेको छ ।
यता आरआरएनले गेलु गाविसमा कृषि, ग्रामिण सडकलगायतको क्षेत्रमा पनि आर्थिक सहयोग गर्दै आएको छ

त्यहाँस्थित सावाडाँडा पशुतिपति, साउँनेपानी सडक खण्ड स्तर
उन्नतिको काम लगत्तै हुन गइरहेको छ । यता सारदा उच्च माविमा पनि विद्यालय भवन बनाउने भएको छ ।

अनुगमनको लागि जर्मन राजदूताबासका डेपुटी चिफ मिसनको प्रतिनिधि जैकलिन
ग्रोथ, डब्लूएचएचका राष्ट्रिय निर्देशक बार्वरा जिलीलगायत आरआरएनका केन्द्रीय अध्यक्ष मना दाहाल,
केन्द्रीय प्रतिनिधि अनमिका श्रेष्ठ, प्रोजेक्ट म्यानेजर बालकृष्ण चौधरी, जिल्ला संयोजक होमराज
विसुराललगायत जिल्ला स्तरीय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जर्मन राजदूताबासका प्रतिनिधिसहित गएको टोलीलाई सारदा उच्च मावि गेलुमा भव्य स्वागत गरिएको
थियो । विद्यालयका शिक्षकहरुले विद्यालयको वस्तुस्थितिको बारेमा समेत जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने