२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सोनाहका बालबालिका उच्च शिक्षाबाट वञ्चित

२४ जेष्ठ २०७६, शुक्रबार ०९:३५


 दुर्गा देवकोटा | जेठ २४ ,बर्दिया (रासस )

बर्दियाको गेरुवा गाउँपालिकाका सोनाहका बालबालिका उच्च शिक्षा लिनबाट वञ्चित भएका छन् । नदी किनारमा बसेर जीविका चलाउँदै आएका सोनाहका बालबालिका शुरुमा विद्यालयमा भर्ना भए पनि बीचैमा विद्यालय छोड्ने गरेका छन् ।

“आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु १०-१२ वर्ष पुगेपछि विद्यालय जानुको सट्टा नदी किनारामा माछा मार्न वा सुन खोज्न हिँड्छन्”,सोनाहका अगुवा दुखराम सोनाहले भन्नुभयो, “पेट पाल्नकै लागि बिहानै खाना बोकेर दिनभरि नदी किनारमा सुन खोज्छन् र बेलुका घर फर्किन्छन् ।” “अधिकांश बालबालिका विद्यालय जान्नन् । जाने बालबालिका पनि विद्यालय बन्द भएको दिन नदीमा गएर माछा मार्ने र सुन चाल्ने काम गरेर पढाई खर्च टार्ने गर्छौं”,विद्यार्थी बाबुराम सोनाहले भन्नुभयो ।

गेरुवा गाउँपालिकाको वडा नं १ को सर्खोल, वडा नं २ को राजीपुर, वडा नं ३ को लोहारपुर र वडा नं ६ को पर्सेनीमा सोनाह बस्ती छ । ती चार वटा वडामा ९२ परिवार सोनाह छन् । त्यहाँ ४२० जना सोनाह बस्ने गर्छन् । ४२० जनामध्ये १२० जना विद्यालय जाने उमेरका बालबालिका छन् । “विद्यालय जाने उमेरका बालबालिकामध्ये कोही विद्यालय जाँदैनन् भने कोहीले ७-८ कक्षासम्म पढेर विद्यालय छोडिसकेका छन् । 

“बालबालिकालाई विद्यालय पठाउँदा घर खर्च चलाउन र खानकै समस्या हुन्छ, अनि कसरी नियमित विद्यालय पठाउनु ?”,दुखराम भन्नुहुन्छ, “माछा मार्न र सुन चाल्न नसक्ने हुँदासम्म केही वर्ष विद्यालय पठाउछौँ अलि ठूलो भएपछि हाम्रा सहयोगी बन्छन् ।”

अहिलेसम्म चारवटै बस्तीबाट १२ जनाले मात्र १० कक्षासम्म पास गरेका छन् । १० कक्षा पास गरेकी सञ्जु सोनाहले भन्नुभयो, “बिदाको दिन र साँझ बिहान आमा बुबालाई सघाएर पढेकी हुँ, मसँग पढ्ने सबैले विद्यालय छोडे तर मलाई पढ्ने इच्छाले विद्यालयसँग जोडिराख्यो”,सञ्जु भन्नुहुन्छ, “१० कक्षा पछि भने मैले चाहेर पनि पढ्न पाइन । आजभोलि आमाबुबालाई नदी किनारमा सघाउँछु ।”बालबालिका विद्यालय गए खर्च बढ्छ भन्दै अभिभावकले छोराछोरी पढाउन सकेका छैनन् । दिनभरि माछा मार्ने र सुन चालेर कमाएको पैसाले उनीहरुको घर र जीवन चल्छ । अभिभावक अनुष्का सोनाह भन्नुहुन्छ, “दिनभरि सुन चाल्दा, माछा मारेर कमाएको पैसाबाट घर खर्च चलाउन धौधौ पर्छ । त्यसैले बालबालिकालाई विद्यालयमा पढाउन सकिन्न । विद्यालय गए खर्च बढ्छ, घर बसे काममा सहयोग पुग्छ ।” 

बालबालिकाको उच्च शिक्षामा पहुँचका लागि सरकारले निःशुल्क शिक्षासँगै उनीहरुलाई पालनपोषणका लागि पनि सहयोग गरे बालबालिकाले शिक्षा आर्जन गर्ने वातावरण बन्ने उनीहरु बताउँछन् । अभिभावक राजकुमार सोनाह राज्यले सोनाहका बालबालिकालाई पालनपोषणसहितको शिक्षा दिनुपर्ने बताउनुहुन्छ ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जम्मानसिंह केसी स्थानीय सरकारले सोनाह जस्ता पछाडि परेका समुदायका बालबालिकालाई उच्च शिक्षामा पहुँच बढाउनका लागि शिक्षा नियमावली बनाएर सघाउने बताउनुभयो । केसीले भन्नुभयो, “सबै समुदायका बालबालिकाको शैक्षिक अधिकार सुरक्षित गर्ने स्थानीय सरकारको योजना छ, हामी उनीहरुलाई कसरी नियमित विद्यालयसम्म लैजान्छ सकिन्छ, योजना बनाउँछौँ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने