२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पत्रकारहरुले आज शुरु भएको कामको परिणाम एक महिनामा खोज्नु हुँदैन : मन्त्री बाँस्कोटा

२४ जेष्ठ २०७६, शुक्रबार १२:२१


जेठ २४ ,दाङ्(रासस जेठ २४ ,दाङ्(रासस )सञ्चार तथा सूचना प्रविधिमन्त्री  गोकुलप्रसाद बाँस्कोटाले सकारात्मक समाचारले नै मुलुकलाई समृद्ध बनाउन मद्दत पुग्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १७ हेमन्तपुरस्थित रेडियो नेपाल प्रदेश नं ५ को प्रादेशिक प्रसारण कार्यालयको शुभारम्भ तथा रेडियोको नयाँ भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले रेडियो नेपाल जनताको सम्पत्ति र सबैको  साझा संस्था भएको बताउनुभयो । 

“विकास क्रमिक रुपमा हुने कुरा हो, अहिले शुरु गरे त्यो परिमाण, दुई÷तीन वर्षमा देखिन्छ, पत्रकारहरुले पनि आज शुरु भएको कामको परिणाम एक महिनामा खोज्नुु हुँदैन”, उहाँले भन्नुभयो । मुलुकमा तीव्र  प्रविधिको विकास भएसँंगै सबै नागरिकलाई कम्प्युटरमा पहुँचमा ल्याउने गरी सरकारले काम गरिरहेको जानकारी उहाँले दिनुभयो ।  उहाँले  दाङमा टेलिकमका छ वटा टावर निर्माण भइरहेको र  अबको एक वर्षभित्र फोर जी सेवासमेत शुरु हुनेगरि काम अघि बढेको बताउनुभयो ।

रेडियोले दाङबाट ९८ मेगाहर्जमा दैनिक ३ बजेदेखि ६ बजेसम्म प्रसारण गर्नेछ  भने रोल्पामा १०३३ मेगाहर्जबाट प्रसारण गर्नेछ । रेडियोले चौधरी, अवधी, मगरलगायत भाषाबाट समाचार प्रसारण गर्नेछ । रेडियोले प्रदेश नं ५ को कला, संस्कृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताउनुभयो ।  सो अवसरमा मन्त्री बाँस्कोटाले रेडियो नेपालको नयाँ भवनको समेत शिलान्यास गर्नुभयो । रु दुई करोड १७ लाख ७६ हजार लागतमा निर्माण हुन लागेको उक्त भवन निर्माणको जिम्मा ड्रागण शिवालय चौरी जेभीले पाएको छ ।

 सञ्चार मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको उक्त भवनको काम नौ महिनामा पूरा हुनेछ । त्यस अवसरमा नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी, प्रतिनिधिसभा सदस्य रेखा शर्मा, प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी, राष्ट्रियसभा सदस्य कोमल ओली, प्रदेश नं ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो