2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

महाकालीनदि नियन्त्रण आयोजनाको प्रथम चौमासिक प्रगति शुन्य

पंकज
धामी/मङ्सिर २५, दार्चुला ।
चालुआर्थिक वर्षको पहिलो चौमासिकमा महाकाली नदि नियन्त्रण आयोजनाको
आर्थिक तथा भौतिक प्रगति शुन्य रहेको छ ।

जम्मा १२ प्याकेजमा
विभिन्न निर्माण कम्पनी मार्फत भैरहेको नदि नियन्त्रणको कार्य शुन्य प्रगतिमा रहेको महाकाली नदि
नियन्त्र कार्यालयका सिनियर डिभिजन ईन्जिनियर हरिहर थापाले जानकारी दिनुभयो ।

देशको असहज परिस्थिति, मधेस आन्दोलन र नाकाबन्दिको प्रभावले काम प्रभावित पारिरहेको
ठेकेदाररुको भनाई छ । ईन्जिनियर थापाले भने “एक दिन काम चल्दा एक स्काईभेटरलाई मात्रै २ सय लिटर डिजेल
आवश्यक पर्छ त्यो बाहेक टिप्पर तथा टेक्टरले अझै तेल खपत गर्ने हुदा पेटङोलियम पदार्थको आपुर्तिको कारण
काममा ढिलाई भैरहेको छ” ।

महाकाली नदि नियन्त्रण आयोजनामा
आहिले आँसिक रुपमा प्याकेज नम्बर १२, १, २ र १० मा चलिरहेको ईन्जिनियर थापाले बताए । साउन, भाद्रमा
मौसमका कारण काम हुन सकेन् । कुल तिस करोड बजेट रहेको महाकाली नदि नियन्त्रण आयोजनाको पहिलो चौमासिकमा
दश करोड खर्च गर्नुपर्ने भएपनि त्यो रकम खर्च हुन सकेको छैन् ।

काम कहिलेबाट सुरु हुनेहो भन्न सकिने अवस्था छैन् । बजारमा निर्माण समाग्री सिमेन्ट, सरिया
लगायत पाईदैनन् नाकाबन्दिको कारण हामीले पनि स्थानियको गुनासो सुन्नु परेको छ । उहाँले भन्नुभयो

कुल ३० करोड बजेट मध्ये पहिलो चौमासिकमा १० करोड खर्च गर्नु
पर्ने भएको भए पनि सो रकम खर्च हुन नसक्दा बाँकी आठ महिनामा सबै बजेट खर्च गरेर काम सम्पन्न गर्न
निर्माण गर्न थप चुनौति थपिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई