2026-09-13 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

१ सय १० वर्षिय कंगन थारु फलातिनीसँग खेल्दै

माधव बेल्वासे | जेठ २७, कपिलवस्तु (चन्द्रौटा) | शरिरको छाला चाउरी परेको । दारी/कपाल सेतै फुलेको । फलातिनीसँग रमाउदै थिए, कंगन थारु । १ सय १० वर्षिय कंगन थारुले कान कम सुन्छन् । शारिरिक रुपमा अझै शसक्त देखिने थारुको उमेरले नेटो काटेपनि काम भने युवा पुस्ताले जस्तै गर्छन् । विहान सवेरै उठेर घासपातमै ब्यास्त हुने गर्दछन् । 

कपिलवस्तुको विजयनगर गाउँपालिका १ गोवरहवा बस्ने थारुले छोरा नाती पलाती हुँदै फलाती समेत देखिसकेका छन् । उनका छोराहरु पनि वृद्ध भइसकेका छन् भने नातिहरु पनि ४० वर्ष कटिसकेका छन । कान कम सुन्ने भएकाले उनिसँग कुरा गर्दा अलि चिच्याउनु पर्छ । आँखाले भने राम्रो भ्यु पाउँछन् । गाउँलेहरु सवैले हजुरवा भन्ने सम्वोधन गर्छन् । उनका २ वटा छोरा, ५ वटा नाति, ६ वटा नातिनि, १० वटा पलाती पलातीनि, ३ वटा फलाती रहेका छन् ।

विहिवार उनि आफ्नी फलातिनी खेलाउदै थिए । हामी पुग्दा आश्चार्य मानेका थारुले आफूसँगका साथिभाई कोहि पनि नरहेको वताए । उनि भन्छन् – “मसँगका अरु त सवै मरिसके अव मेरो पालो छ” । क्यमरामा उनको फोटो कैद गर्दा उनि खटियमा बसेका थिए । ‘यो समय सम्म वाच्छु बस्ने आशा थिएन खै कसरी बाँचे’–उनले भने ।

गाउँपालिकाकै सवैभन्दा वृद्ध रहेका कंगनलाई भेटन गाउँपालिकाका अध्यक्ष गोपाल थापा पनि पुगेका थिए । अध्यक्ष थापाले साउनदेखि मासिक ३ हजार पाउनुहुन्छ भनेपछि कंगनको मुहारमा खुसी छाएको थियो । थापाले शारिरिक अवस्था सोध्धा रातभरी साह्रै खोकी लाग्यो, विहान उठेर एक गिलास रक्सि पिएको अहिले ठिक भयो, कंगनले हास्दै जवाफ दिएका थिए ।

नेपाली भाषा त्यति नजानेका कंगनसँग थारु भाषामै कुरा गर्नुपर्यो । त्यतिकैमा गाउँपालिकाका अध्यक्ष थापाले गाउँमा के काम गर्दा राम्रो हुन्छ भनेर सोधे । उनको जवाफ थियो–“स्कुलकै छेउमे एक ठु तटबन्धन कर्दियो” । कटानको चपेटामा रहेको उक्त क्षेत्रलाई तन्टबन्धन बनाउने योजना बन्यो  । उक्त स्थलमा पुगि आवश्यक रहेकोले आगामी वर्षमा योजना राख्ने थापाले वताए ।

कंगन थारुसँग थापाले ऐतिहासिक कुराहरु वुझ्न थाले । हजुरवुबा सरहका थारुसँग लामो गफगाफ भयो । थारु अझै २ वर्ष वाच्ने वताउछन् । उनले भाग्यले नलैजादासम्म उमेर पुगेर केहि नहुदो रहेछ भन्ने गर्छन् । विजयनगर गाउँपालिकाले उनि सहित वृद्धवद्धालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन