माधव बेल्वासे | जेठ २७, कपिलवस्तु (चन्द्रौटा) | शरिरको छाला चाउरी परेको । दारी/कपाल सेतै फुलेको । फलातिनीसँग रमाउदै थिए, कंगन थारु । १ सय १० वर्षिय कंगन थारुले कान कम सुन्छन् । शारिरिक रुपमा अझै शसक्त देखिने थारुको उमेरले नेटो काटेपनि काम भने युवा पुस्ताले जस्तै गर्छन् । विहान सवेरै उठेर घासपातमै ब्यास्त हुने गर्दछन् ।
कपिलवस्तुको विजयनगर गाउँपालिका १ गोवरहवा बस्ने थारुले छोरा नाती पलाती हुँदै फलाती समेत देखिसकेका छन् । उनका छोराहरु पनि वृद्ध भइसकेका छन् भने नातिहरु पनि ४० वर्ष कटिसकेका छन । कान कम सुन्ने भएकाले उनिसँग कुरा गर्दा अलि चिच्याउनु पर्छ । आँखाले भने राम्रो भ्यु पाउँछन् । गाउँलेहरु सवैले हजुरवा भन्ने सम्वोधन गर्छन् । उनका २ वटा छोरा, ५ वटा नाति, ६ वटा नातिनि, १० वटा पलाती पलातीनि, ३ वटा फलाती रहेका छन् ।
विहिवार उनि आफ्नी फलातिनी खेलाउदै थिए । हामी पुग्दा आश्चार्य मानेका थारुले आफूसँगका साथिभाई कोहि पनि नरहेको वताए । उनि भन्छन् – “मसँगका अरु त सवै मरिसके अव मेरो पालो छ” । क्यमरामा उनको फोटो कैद गर्दा उनि खटियमा बसेका थिए । ‘यो समय सम्म वाच्छु बस्ने आशा थिएन खै कसरी बाँचे’–उनले भने ।
गाउँपालिकाकै सवैभन्दा वृद्ध रहेका कंगनलाई भेटन गाउँपालिकाका अध्यक्ष गोपाल थापा पनि पुगेका थिए । अध्यक्ष थापाले साउनदेखि मासिक ३ हजार पाउनुहुन्छ भनेपछि कंगनको मुहारमा खुसी छाएको थियो । थापाले शारिरिक अवस्था सोध्धा रातभरी साह्रै खोकी लाग्यो, विहान उठेर एक गिलास रक्सि पिएको अहिले ठिक भयो, कंगनले हास्दै जवाफ दिएका थिए ।
नेपाली भाषा त्यति नजानेका कंगनसँग थारु भाषामै कुरा गर्नुपर्यो । त्यतिकैमा गाउँपालिकाका अध्यक्ष थापाले गाउँमा के काम गर्दा राम्रो हुन्छ भनेर सोधे । उनको जवाफ थियो–“स्कुलकै छेउमे एक ठु तटबन्धन कर्दियो” । कटानको चपेटामा रहेको उक्त क्षेत्रलाई तन्टबन्धन बनाउने योजना बन्यो । उक्त स्थलमा पुगि आवश्यक रहेकोले आगामी वर्षमा योजना राख्ने थापाले वताए ।
कंगन थारुसँग थापाले ऐतिहासिक कुराहरु वुझ्न थाले । हजुरवुबा सरहका थारुसँग लामो गफगाफ भयो । थारु अझै २ वर्ष वाच्ने वताउछन् । उनले भाग्यले नलैजादासम्म उमेर पुगेर केहि नहुदो रहेछ भन्ने गर्छन् । विजयनगर गाउँपालिकाले उनि सहित वृद्धवद्धालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गर्ने भएको छ ।