2026-09-13 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सशत्र द्वन्द्वका कारण टिकापुरका चामल उद्योग विस्थापित

  दुर्गा देवकोटा  जेठ २८,कैलाली | दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योग खण्डहर बनेका छन् । अन्नभण्डारका रूपमा चिनिने टीकापुर क्षेत्रमा उत्पादन भएको धानबाट चामल बनाउने दर्जन बढी ठूला चामल उद्योग सशस्त्र द्वन्द्वमा बन्द भएपछि अहिले खण्डहरमा परिणत भएका हुन् । टीकापुर र नारायणपुरका चामल उद्योगबाट उत्पादित चामल भारतको तिकुनियाँमा भण्डारण गरिन्थ्यो । तिकुनियाँबाट भैरहवा नाका हुँदै चामल नेपाल भित्रिन्थ्यो र खपत हुन नसकेको चामल व्यवसायीले भारतमा बिक्री गर्थे । चामल उत्पादनका लागि ख्याति कमाएको टीकापुर क्षेत्रमा तत्कालीन अवस्थामा जिल्लाका प्रायः किसानले धान बिक्रीका लागि रोज्थे । जिल्लाभरको धान खरीद गर्न पाएपछि चामल उद्योग निकै राम्रो अवस्थामा चलेका थिए । देशभर नाम चलेका यस क्षेत्रका सबै चामल उद्योग यतिबेला भने खण्डहरमा परिणत भएका छन् । सशस्त्र द्वन्द्व, कृषकले धान कम लगाउनु र धान खरीद गर्ने गल्ला विभिन्न ठाउँमा सञ्चालन हुनुलगायतले सबै चामल उद्योग बन्द हुन पुगेको व्यवसायी बताउँछन् । दर्जनभन्दा बढी ठूला चामल उद्योग भए पनि हाल एउटा मात्रै उद्योग सञ्चालनमा छ । टीकापुर नगरपालिका–६ स्थित मौरनियाँ चामल उद्योग मात्रै सञ्चालनमा छ । झण्डै ३५ वर्षअघि स्थापना गरिएको मौरनियाँ चामल उद्योगका सञ्चालक नारायण गोयलले द्वन्द्व शुरु भएसँगै व्यवसायी विस्थापित भएको बताउनुभयो । “देशमा द्वन्द्व शुरु भएसँगै व्यवसायी विस्थापित भए, फेरि उद्योग सञ्चालनको वातावरण बन्न सकेन”, सञ्चालक गोयलले भन्नुभयो, “त्यसपछि उद्योगी फर्केनन् ।” उद्योगी गोयलका अनुसार व्यवसायीको अनुपस्थितिमा ठूलो लगानी भएका सबैजसो उद्योग खण्डहर बन्न पुगेका हुन् ।टीकापुर नगरपालिका–६ नारायणपुरका मख्खन बाबु भनिने वीरबहादुर राईको दुर्गा राइस मिल, गोविन्द श्रेष्ठको ओखरपुर राइस मिल, शान्तिकुमार अग्रवालको शक्ति राइस मिल र टीकापुर अस्नेरीस्थित कर्णाली राइस मिल देशभरमै चिनिने ठूला चामल उद्योग हुन् । प्रतिघण्टा २० क्विन्टलसम्म चामल उत्पादनको क्षमता राख्ने यस्ता उद्योग खण्डहर बनेका हुन् ।दुर्गा राइस मिल विसं २०४६ मै बन्द भइसकेको थियो । अन्य मिल सशस्त्र द्वन्द्वका समयमा बन्द भए । विसं २०५३ को आसपासमा शक्ति र ओखरपुर राइस मिल बन्द भए । त्यसै अवधिमा कर्णाली राइस मिल पनि बन्द हुन पुग्यो । उद्योग बन्द भएसँगै सबै व्यवसायी विस्थापित भए । उद्योगस्थलमा तत्कालीन माओवादीले कब्जा गरे । त्यहाँ रहेका मेसिन र औजार बिक्री गरियो ।“मिलका सबै सामान कवाडीको भाउमा बेचे, जमीन कब्जा गरेर खेतीपाती गरे”, स्थानीय कमानबहादुर हमालले भन्नुभयो, “माओवादीले कब्जा नगरेको भए व्यवसायी फर्किने थिए होलान् ।” चामल उद्योग सञ्चालन हुँदा यहाँको व्यापार व्यवसाय निकै फस्टाएको थियो । टीकापुर नगरपालिका–७ को सत्तीबजार खाद्यान्नको मण्डीका रूपमा चिनिन्थ्यो । धान खरीद गर्न खाद्य संस्थानले सरकारी काँटा लगाउँथ्यो । धान बेच्ने र चामल किन्नेको चहलपहल हुन्थ्यो । अन्य सामान किनमेलका लागि समेत धेरैले सत्तीबजार रोज्थे । चामल उद्योगलाई लक्षित गरेर सत्तीमा राष्ट्रिय वाणिज्य बैंक सञ्चालनमा आएको थियो । सयौँले रोजगारी पाउनुका साथै कृषकको धान सहज र राम्रो मूल्यमा बिक्री हुने गरेको स्थानीय लालबहादुर चौधरीले बताउनुभयो । “सशस्त्र द्वन्द्व बढेसँगै यस क्षेत्रको भविष्य नै तहसनहस भयो”, चौधरी भन्नुहुन्छ, “सशस्त्र द्वन्द्व मात्रै नभए यो अवस्था हुँदैन थियो । जसको प्रभाव अझै पनि हामी खेपिरहेका छौँ ।”कतिपय स्थानीयवासी भने चामल उद्योग बन्द हुनुको कारण सशस्त्र द्वन्द्व मात्रै नभएको बताउँछन् । उनीहरु कर्णाली चिसापानीमा पुल बनेपछि नारायणपुर–सत्ती यातायात सुविधाबाट टाढा हुन पुगेको बताउँछन् । पुल बनेसँगै व्यापारिक केन्द्र पूर्वपश्चिम राजमार्गमा केन्द्रित भएपछि धान खरीद बिक्रीमा कमी आएसँगै चामल उद्योग बन्द हुन पुगेको नारायणपुरका पहल बस्नेतको भनाइ छ ।“धान खरीद गर्न नपाएपछि चामल उद्योगको अर्थ नै भएन”, बस्नेतले भन्नुभयो, “धान नभएका कारण पनि चामल उद्योग बन्द भएका हुन् ।” टीकापुरको पहाडी जिल्लासँग सोझै यातायात सम्बन्ध नहुनु पनि यी चामल उद्योगका लागि दुर्भाग्य भएको स्थानीयवासी बताउँछन् ।  सबैभन्दा बढी खाद्यान्नको माग पहाडी जिल्लामा हुन्छ । ती जिल्लामा अन्यत्रबाट खाद्यान्न ढुवानी हुन थाल्यो । यहाँ उत्पादन भएको चामल पहाडी जिल्लासम्म ढुवानी गर्न महङ्गो हुन थालेपछि माग हुन छोडेको मौरानियाँ राइस मिलका सञ्चालक गोयल बताउनुहुन्छ ।“हामीसँग पहाड जोड्ने सिधा बाटो भएन”, गोयल भन्नुहुन्छ, “कि त अत्तरिया हुँदै जानुप¥यो, नत्र कोहलपुर हुँदै ढुवानी गर्नुपर्छ ।” करोडौँ मूल्यका चामल उद्योग खण्डहर बनेपछि व्यवसायीसमेत आर्थिकरूपमा चुर्लुम्म डुबेका छन् । उनीहरुलाई वित्तीय संस्थाले लगानी गर्न छाडेका छन् । व्यवसायीले आफ्नै प्रयासले चामल उद्योग पुनःसञ्चालन गर्नसक्ने अवस्था पनि छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले