२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

शिक्षकमाथि आक्रमण गर्ने व्यक्तिलाइ कारवाहिको माग

२६ मंसिर २०७२, शनिबार ०६:४१

 प्रज्वल पौडेल/मंसिर २६, रामेछाप ।
शिक्षकमाथि आक्रमण गर्ने व्यक्तिलाइ कारवाहिको माग गर्दै अरुणोदय मावि सैपु, फेदीले एक
विज्ञप्ति जारी गरेको छ । मंसिर २४ गते बिहिबार विहान विद्यालय आउदै गर्दा शिक्षक सन्तोष पौडेलमाथि
स्थानीय ३ युवाले सिस्ने खोलामा एक्कासी सांघातिक आक्रमण भएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाप्रसाद पौडेल, प्रधानाध्यापक हितकुमार कार्कीद्धारा
हस्ताक्षरित विज्ञप्तीमा लोकतन्त्रको मूल्य मान्यता र मानव अधिकारको ठाडो उल्लङ्घन गरी स्वतन्त्र पूर्वक
बाँच्ने र काम गर्ने अधिकारको हनन भएको ठहर गरेको छ । ज्यान लिने नियत राखेर आक्रमण भएको भन्दै
विद्यालयले सो घटनाको घोर निन्दा एवम् भर्सना गरेकोे छ ।

विज्ञप्तीमार्फत आक्रमण गर्ने सैपू १ पोकुका स्थानीय समीर तामाङ, सन्तोष तामाङ र सन्ते
तामाङलाई नियमानुसार कारवाहि गर्न माग गर्दै सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
यता प्रहरी
चौकी चौकि सैपू सिरिसेले सांघातिक आक्रमण गर्ने व्यक्तिलाइ इलाका प्रहरी कार्यालय धोवीमा बुझाएपछि
आइतबार जिल्ला प्रहरी कार्यलय रामेछापमा उपस्थित हुने गरि छाडिएको प्रहरी निरिक्षक हरिकृष्ण खत्रीले
जानकारी दिए ।

यसैविच अरुणोदय माविका विद्यार्थीहरुले
शुक्रबार विद्यालयमा कालो झण्डा गाडेर शिक्षकलाई आक्रमण गर्ने माथि कारवाहिको माग गरेका छन् । दोषिलाइ
उम्कन दिन नहुने भन्दै उनीहरुले हस्ताक्षर संकलन गरी विद्यालय व्यवस्थापन समितिमा समेत बुझाएका छन् ।
उनीहरुले दोषीलाई कारबाहि नगरिए विद्यालय बन्द गरेर आन्दोलन गर्ने नवज्योति बाल क्लबका अध्यक्ष राजकुमार
कार्कीले बताए । नेविसंघ गठनको विषय लिएर शिक्षकमाथि आक्रमण भएको भन्दै गठन भएको एकहप्ता नवित्दै
नेविसंघका इकाइ समितिमा रहेका अधिकासं विद्यार्थीहरुले राजीनामा दिएका छन् ।

ramechhap

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली