२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटी जिल्लाकै पहिलो साक्षर गाउँपालिका घोषणा

३२ जेष्ठ २०७६, शनिबार १४:२७

जेठ ३२, डोटी | जिल्लाको केआइसिंह गाउँपालिकालाई जिल्लामै पहिलोपटक आज साक्षर गाउँपालिका घोषणा गरिएको छ । ‘हाम्रो गौरव हाम्रो पहिचान, साक्षर गाउँ सबैको अभियान’ भन्ने नाराका साथ उक्त गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकामा रहेका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९५.८ प्रतिशत नागरिक साक्षर भएकाले गाउँपालिकालाई साक्षर घोषणा गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाभरिमा भएका नागरिकमध्ये ९५.८ प्रतिशत नागरिक साक्षर भएकाले हामीले साक्षर गाउँपालिका घोषणा गरेका हौँ ।”

जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले स्थानीय तहमा केआइसिंह गाउँपालिका पहिलोपटक साक्षर गाउँपालिका घोषणा हुन सफल भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “केआइसिंह गाउँपालिका पहिलो साक्षर गाउँपालिका हुन सफल भएको छ, सबैले यसरी नै साक्षर हुनसके हाम्रो जिल्ला निकट भविष्यमै साक्षर जिल्ला हुनेछ ।” आफूहरुले निकै मेहनेत तथा परिश्रम गरेर केआइसिंह गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले बताउनुभयो । 

उहाँले भन्नुभयो, “साक्षर गाउँपालिका घोषणा गर्न हामी अहोरात्र खटियौ र सफल पनि भयौं, हामी यसैमा खुशी छौँ ।” उक्त कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी, राष्ट्रिय अनुसन्धानका डोटी प्रमुख हरिष विष्ट, नेपाली काङ्ग्रेस डोटीका सभापति प्रदीपकुमार देउवा, वडाध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य, गाउँ कार्यपालिकाका सदस्य, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको उल्लेख्य सहभागिता थियो । साक्षर गाउँपालिका घोषणामा स्थानीय झाँकी, विभिन्न विद्यालयका चेतनामूलक नाटक तथा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । 

यसैबीच केआइसिंह गाउँपालिका डोटीको आयोजना र सामुदायिक सेवा केन्द्र तथा समुदाय प्रहरी साझेदारी केन्द्र डोटीको संयोजकत्वमा लैङ्गिक हिंसा, घरेलु हिंसा, लागुऔषध, छाउपडी, बालविवाह, बहुविवाह र ट्राफिक जनचेतना विषयको कार्यक्रम गरिएको छ ।

‘प्रहरी मेरो साथी’अन्तर्गत जिल्ला प्रहरी कार्यालय डोटीले जिल्लामा पछिल्लो समय बालविवाह, घरेलु हिंसा, लागुऔषध, छाउपडी प्रथा अन्त्यका विषयमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । प्रहरीले सञ्चालन गरेको कार्यक्रमका कारण जिल्लामा हुने विभिन्न खाले आपराधिक क्रियाकलापमा कमी आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले सञ्चालन गरेका विभिन्नखाले जनचेतनामूलक कार्यक्रमले समाजमा हुने आपराधिक क्रियाकलापमा कमी आएको छ, यो कार्य निरन्तररुपमा अगाडि बढ्नेछ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन