२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

१ असार २०७६, आईतवार ०२:१४

असार १, दाङ | दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ । स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गर्नुभएको हो । दाङमै च्याउको बीउ उत्पादन गर्न थालिएपछि यस क्षेत्रका किसानलाई सहज हुने भएको छ । “यसअघि च्याउको बीउ ल्याउन जिल्ला बाहिर जानुपर्ने अवस्था थियो”, जिसीले भन्नुभयो, “तर अहिले हामीले च्याउको बीउ उत्पादन गर्न थालेपछि दाङका सबैले यहीबाट लिने गर्नुभएको छ ।”

शिक्षक पेशामा आबद्ध जिसीले विसं २०६० देखि च्याउखेती शुरु गरेपनि भर्खरै मात्रै च्याउको बीउ उत्पादन शुरु गरेका हुन् । उहाँले बीउ उत्पादनबाटै मासिक रु एक लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । “यसअघि मैले च्याउ उत्पादन फार्म सञ्चालन गरेको थिएँ”, उहाँले भन्नुभयो, “तर अहिले च्याउको बीउ पनि उत्पादन गर्ने गरेको छु, च्याउको बीउबाट मात्रै मासिक रु एक लाख जति आम्दानी हुने गरेको छ ।” 

उहाँले जाडो मौसममा हुने विभिन्न जातका आइस्ट्रल च्याउ, बटम च्याउ र गर्मी मौसममा हुने दुधे च्याउको बीउ उत्पादन गर्ने गरेको बताउनुभयो । एक  हजार क्विन्टल गहुँको बीउबाट मासिक पाँच हजार पोका बीउ उत्पादन हुने जिसीको भनाइ छ । 

नेपालको नार्क र भारतको पन्तनगरबाट तीन महीनाको प्राविधिक ज्ञान हासिल गरेर च्याउको बीउ उत्पादन शुरु गरेको उहाँले बताउनुभयो । उहाँले उत्पादन गरेको च्याउको बीउ दाङसहित प्यूठान, रुकुम, रोल्पा, सल्यान, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र धनगढीसम्मसमेत निर्यात हुने गरेको छ । 

जिसीको च्याउ फार्ममा अहिले तीनदेखि पाँच युवाले रोजगारीसमेत पाएका छन् । स्वदेशमै राम्रो उत्पादन गर्न सकिन्छ भन्ने सोच बनाएर यो पेशा अङ्गालेको उहाँको भनाइ छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य