२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

२०७६, १ असार आईतवार ०२:१४

असार १, दाङ | दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ । स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गर्नुभएको हो । दाङमै च्याउको बीउ उत्पादन गर्न थालिएपछि यस क्षेत्रका किसानलाई सहज हुने भएको छ । “यसअघि च्याउको बीउ ल्याउन जिल्ला बाहिर जानुपर्ने अवस्था थियो”, जिसीले भन्नुभयो, “तर अहिले हामीले च्याउको बीउ उत्पादन गर्न थालेपछि दाङका सबैले यहीबाट लिने गर्नुभएको छ ।”

शिक्षक पेशामा आबद्ध जिसीले विसं २०६० देखि च्याउखेती शुरु गरेपनि भर्खरै मात्रै च्याउको बीउ उत्पादन शुरु गरेका हुन् । उहाँले बीउ उत्पादनबाटै मासिक रु एक लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । “यसअघि मैले च्याउ उत्पादन फार्म सञ्चालन गरेको थिएँ”, उहाँले भन्नुभयो, “तर अहिले च्याउको बीउ पनि उत्पादन गर्ने गरेको छु, च्याउको बीउबाट मात्रै मासिक रु एक लाख जति आम्दानी हुने गरेको छ ।” 

उहाँले जाडो मौसममा हुने विभिन्न जातका आइस्ट्रल च्याउ, बटम च्याउ र गर्मी मौसममा हुने दुधे च्याउको बीउ उत्पादन गर्ने गरेको बताउनुभयो । एक  हजार क्विन्टल गहुँको बीउबाट मासिक पाँच हजार पोका बीउ उत्पादन हुने जिसीको भनाइ छ । 

नेपालको नार्क र भारतको पन्तनगरबाट तीन महीनाको प्राविधिक ज्ञान हासिल गरेर च्याउको बीउ उत्पादन शुरु गरेको उहाँले बताउनुभयो । उहाँले उत्पादन गरेको च्याउको बीउ दाङसहित प्यूठान, रुकुम, रोल्पा, सल्यान, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र धनगढीसम्मसमेत निर्यात हुने गरेको छ । 

जिसीको च्याउ फार्ममा अहिले तीनदेखि पाँच युवाले रोजगारीसमेत पाएका छन् । स्वदेशमै राम्रो उत्पादन गर्न सकिन्छ भन्ने सोच बनाएर यो पेशा अङ्गालेको उहाँको भनाइ छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ