२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सञ्चालन

२०७६, २ असार सोमबार ०७:०६

असार २,नेपालगञ्ज | कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढ्ने क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक स्तर राम्रो बनाउन बर्दियामा एक वर्षदेखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा रहेको छ । 

बाँकेमा सफलतापूर्वक सम्पन्न भएपछि सरकारले बाँके युनेस्को क्लबलाई गत साउन महिना देखि बर्दियामा सो कार्यक्रम सञ्चालनको जिम्मेवारी दिएको हो । 

नेपाल सरकारले देशका १६ जिल्लामा सञ्चालन गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत बर्दियामा सामाजिक तथा समुदाय परिचालन गरेर कार्यक्रम सफल बनाउने जिम्मेवारी बाँके युनेस्को क्लबले पाएको शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाले जनाएको छ ।  

कार्यक्रममा बर्दियाका २९६ सामुदायिक विद्यालय र मदरसामा अध्ययरत १ देखि ३ कक्षासम्मका करीब २३ हजार बालबालिका रहेका छन् । यसैगरी शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, सदस्य तथा अभिभावकलाई पनि कार्यक्रमभित्र समेटिएको क्लबका अध्यक्ष प्रवेजअलि सिद्धिकीले बताउनुभयो । 

कार्यक्रम अन्तर्गत १ देखि ३ कक्षासम्मका बालबालिकाको पठन सीपको महत्वबारे अभिभावकलाई बुझाउने तथा बालबालिकाको पढाइमा सहयोग गर्न अभिभावकलाई प्रेरित गर्ने बताइएको छ ।

सोही कार्यक्रम अन्तर्गत बर्दियाका ९५ वटा विद्यालय र मदरसालाई अधिकतम रु दुई-दुई लाख अनुदान सहयोग समेत उपलब्ध गराइएको छ । कार्यक्रम सञ्चालनका लागि बर्दियामा परियोजनाको कार्यालय स्थापना गरिएको छ भने समुदाय परिचालन अधिकृतलाई तोकिएको विद्यालयमा खटाइएको छ । 

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत अभिभावकलाई दौतरी शिक्षा तालीम, स्थानीयस्तरमा शैक्षिक सामग्री निर्माण, पढाइ उत्सव, अभिभावक शिक्षक सम्मेलन तथा पैरवी तथा चेतनामूलक अभियानलगायतका गतिविधि सञ्चालन भइरहेको कार्यक्रम प्रबन्धक शान्तराम चौधरीले बताउनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला