२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

बैदेशिक रोजगारमा जाने मानिस स्वयम् सचेत हुनुपर्छ: प्रजिअ पौडेल

३ पुष २०७२, शुक्रबार ०८:०२

प्रज्वल पौडेल/ पुस ३, रामेछाप । रामेछापका
प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बैदेशिक रोजगारमा जाने मानिस स्वयम् सचेत हुनुपर्ने बताएका छन्
। उनले विदेश जादाँ र पुगेपछि के कस्ता कार्य गर्नुपर्छ त्यसको पूर्व जानकारी लिएर मात्र जानुपर्ने बताए

अन्तराष्ट्रिय आप्रवासि दिवसको अवसरमा सामुदायिक जनशक्ति
विकास कार्यक्रम र चारघरे सेवा समिति रामेछापको आयोजनामा शुक्रबार मन्थलीमा भएको एक कार्यक्रममा पौडेलले
यस्तो बताएका हुन् । पौडेलले रोजगारमा जानु अगाडि सीप र परामर्स लिए ठगि हुनबाट जोगिन सकिने बताए

बैदेशिक रोजगारमा जाने मानिस समस्या नपर्दा सम्म सरकारी
संयन्त्रलाइ छलेर अगाडि बढ्ने गरेको बताउदै प्रमुख जिल्ला अधिकारी पौडेलले अलपत्र परेपछि मात्र सरकार
नखोज्ने गरेकाले झन् समस्या हुदै गएको धारणा राखे । प्रशासनले बैदेशिक रोजगारमा जाने व्यक्तिलाइ सोधपुछ
गर्दा यथार्थ कुरा नबताउँदा पनि उनीहरु पछि समस्यामा पर्ने गरेको बताए ।

पौडेलले बैदेशिक रोजगारीबाट हुने ठगी घटाउन सरकारी संयन्त्र लागी परिरहेको धारणा राखे । उनले
विदेशबाट भित्रने रकम र जाँदा लागेको लागत खर्चको विश्लेषण समेत गर्नू अहिलेको आवश्यकता भएको बताए ।
उनले देशले आफूलाई के दियो भन्दा पनि आफूले देशलाइ के दिए सोच्न आग्रह गरे ।

त्यसैगरी स्थानीय विकास अधिकारी दिनेश राज पन्तले विदेश जानु अघि आफूले गर्ने कामको
बारेमा जानकारी लिनुपर्ने बताएका छन् । उनले इजाजत प्राप्त नगरेका मेनपावर कम्पनी, दलाल र अनाधिकृत
रुपमा विदेश जान नहुने धारणा राखेका छन् । उहाँले बैदेशिक रोजगारमा जाने व्यक्तिले जानु अघि र पुगेपछि
गर्नुपर्ने कामको वारेमा गाउँ स्तरमा जनचेतना जगाउनुपर्ने धारणा राखे ।

कार्यक्रमका सहभागीहरुले विदेशमा रहँदा नेपाल सरकारले सहयोग नगरेको बताएका छन् । उनीहरुले
सरकारले नै दलाल पाल्ने गरेको महसूस आफूलाई भएको बताएका छन् ।

त्यसैगरी सहभागीले राजनैतिक दलले आफ्नो घोषणा पत्रमा समेत बैदेशिक रोजगारलाई सुरक्षित बनाउन
उल्लेख नगरेको, बैदेशिक रोजगारबाट भित्रीएको रकमको सहि सदुपयोग हुन नसकेको, पछिल्लो समयमा पारिवारिक
विखण्डन जस्ता समस्या देखा पर्दै गएको बताए थिए ।

उनीहरुले
जिल्ला स्तरमा विभिन्न उद्योग धन्दा संचालन गर्ने र कम्तिमा १० हजार मासिक कमाइ हुने बातावरण सिर्जना
गर्न सके विदेश जानुपर्ने बाध्यता नहुने बताए ।

कार्यक्रममा
आयोजक संस्थाले देश र जिल्लाको आप्रबासनको अवस्थाको बारेमा जानकारी गराइएको थियो । स्थानिय विकास
अधिकारी दिनेशराज पन्तको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको प्रमुख आथित्यतामा भएको
सो कार्यक्रममा जिल्ला स्थित राजनैतिक दल, सरकारी तथा गैसस प्रतिनिधी, पत्रकार, बैदेशिक रोजगारमा पुगेर
फर्केका व्यक्तिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ