२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ: ‘स्र्माट छोरी’ कार्यक्रम ल्याइयो

२०७६, २ असार सोमबार १३:५६

असार २, दाङ  । तुलसीपुर उपमहानगरपालिकाले ‘स्र्माट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । 

आगामी आवदेखि जन्मिएका हरेक छोरीलाई स्मार्ट छोरी कार्यक्रमअन्तर्गत  प्रत्येक छोरीलाई जन्मेदेखि मासिक रु १०० सयका दरले वार्षिक रुपमा एकमुष्ट रु एक हजार २०० रकम उपलब्ध गराउने नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई दिइएका पैसा बैंक खातामा जम्मा गरेर २० वर्ष पुगेपछि  एकमुष्ट उपलब्ध गराइनेछ ।

यदि कसैले २० वर्ष नपुग्दै अगाडि बिहे गरेपछि भने सो रकम उपमहानगरपालिकाको कोषमा फिर्ता हुने बताइएको छ । सो कार्यक्रमले बालविवाह न्यूनीकरण गर्ने र छोरीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने नगरप्रमुख पाण्डेले बताउनुभयो ।

यसैबीच उपमहानगरपालिकाले उपप्रमुख महिला सुरक्षा कार्यक्रम पनि लागू  गरेको छ । लैङ्गिक हिंसामा परेका महिलाको उपचार, पुनस्र्थापना र सुरक्षाका लागि सो कार्यक्रम सञ्चालन गरी महिला सुरक्षामा जोड दिने नीति ल्याएको हो ।  

त्यसैगरी सक्षम महिला, विकासमा पहिला अभियानका लागि महिलाहरुको सशक्तीकरण, नेतृत्व विकास उद्यमशीलता र सीप विकास गरी महिलालाई  विकास तथा निर्णय, योजना निर्माण, योजना कार्यान्वयन र अनुगमनमा  सहभागिता सुनिश्चित गर्ने नीति ल्याइएको छ । 

यस्तै उपमहानगरले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर आगामी वर्ष महानगरभित्र, दाङ र प्रदेश नं ५ का धार्मिक तथा पर्यटकीयस्थलमा भ्रमण गराउने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा