२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको शिवराजमा सुरु भयो: प्रधानमन्त्री रोजगार कार्यक्रम

२०७६, ६ असार शुक्रबार १५:४३

माधव बेल्वासे | असार ६, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तुको शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।शुक्रवार शिवराज नगरपालिका वडा नं ३ वाट सो कार्यक्रमको उद्घघाटन गरिएको हो । । वडा न  ३  वाट ८ सय ५० जनाले वेरोजगार फारम भरेपनि ७६ जना मात्र काममा सहभागी भएका छन  ।

स्थानिय वरोजगार नागरिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न कार्यमा रोजगार प्रदान गरिने वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वताए । वडाको सरसफाई वृश्रारोपण, कुलो तथा नाली मर्मत सरसफाई लगाएतका काम गराइने उनले वताए । उक्त कार्यका लागि आवश्यक औजारहरु र पोषाक पनि प्रदान गरिएको छ ।

नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत् सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्र रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको छ । सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी समेत भित्रमा कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले समृद्ध नगर बनाउ सवै रोजगार हुनुपर्ने वताए  । सरकारल गरिव नमुखा तथा वेरोजगार नागरिकहरुलाई पनि राजगारी दिएर जिविको पार्जनमा सहज होस भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको वताए । सरकारले जनतालाई रोजगारी दिएर उनको हातमा पैसा जाने कार्यक्रम देखेर विपक्ष दलहरुले भ्रम सिर्जना गरिरहेको आरोप लगाए । रकम दुरुपयोग भयो भनिरहदा जनतालाई राजगारी दिएर रकम दिदा कसरी दुरुपयोग हुन्छ ? उनले भने । 


सार्वजनिक रुपमा भोगचलन गर्ने स्रोतहरुमा काम गर्नुपर्ने भएकाले यसमा आफ्नो पनि दायित्व रहने शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले वताए । आफुले गरेको काम आफ्नो लागी हो भन्ने सोचेर काम गर्न आग्रह गरे । १२ महिना वेराजगार रहेका नागरिकहरुलाई यस वर्ष एक महिना र आगमी वर्ष देखी बढाउदै लैजाने समेत जनाए ।  शिवराज नगरपालिकाका सवै वडाहरुमा उक्त कार्यक्रमलाई लागु गरिने अधिकारीले जनाए । शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले दैनिकको ८ घण्टा काम गर्नुपर्ने वताइन । थारुले कार्यलाई प्राथमिकता दिएर नमुना काम गर्न आग्रह गरिन ।

सरकरले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते