2026-11-02 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा साइबर क्राइम र लागुऔषध सम्बन्धि जनचेतना दिदै प्रहरी

असार ९, बैतडी | जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला विभिन्न विद्यालयका विद्यार्थीलाई विद्युतीय अपराध(साइबर क्राइम)सम्बन्धी प्रशिक्षण दिन थालेको छ । शाहीलेकस्थित वीरेन्द्र माविका विद्यार्थीलाई लागुऔषध, साइबर क्राइमसम्बन्धी विशेष प्रशिक्षण दिनुका साथै ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक सामग्री वितरण गरिएको छ । कार्यक्रममा लागुऔषधले पार्ने असर, साइबर क्राइमसम्बन्धी जानकारी दिइएको छ । 

नेपाल स्काउटसँगको समन्वय, वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकको विशेष सहयोगमा बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयको नेतृत्वमा उक्त प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणमा सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीका अध्यक्ष दिपेश शाह, वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेक बैतडीका शिक्षक नवराज पाण्डेय, शिक्षिका प्रेमा बुढाऐरलगायतको उपस्थितिमा नेपाल स्काउटमा आबद्ध वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकलगायत विभिन्न विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ६० विद्यार्थीको सहभागिता रहेको थियो ।

गाँजा नष्ट अभियान 

यसैबीच जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाभरि गाँजा नष्ट अभियान शुरु गरेको छ । गाँजा खेतीबाट चरेश उत्पादन हुने र यसले समाजमा विकृति फैलाउने भएकाले गाँजाखेती नष्ट गर्ने अभियान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । कतिपय ठाउँमा गाँजाखेती गरिएको भेटिएको र कतिपय ठाउँमा आफैँ गाँजा उम्रेकाले नष्ट गर्ने अभियान थालिएको हो ।

जिल्लाका सबै प्रहरी युनिटबाट प्रहरी खटाएर गाँजा नष्ट गर्ने अभियान शुरु गरिएको छ । गाँजा खेती नष्ट गर्ने क्रममा प्रहरीले स्थानीयसँग अन्तरक्रियासमेत गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गाँजाखेतीले समाजमा पार्ने प्रभावका विषयमा जानकारी दिने काम भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मातहतका युनिटबाट प्रहरी टोली खटाएर गाँजाखेती नष्ट गर्ने अभियान जारी रहेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द