३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अध्यक्ष रोजगार कार्यक्रम लागू

९ असार २०७६, सोमबार ०८:२६

असार ९, डडेल्धुरा |डडेल्धुराको अजयमेरु गाउँपालिकामा ‘अध्यक्ष रोजगार कार्यक्रम’लागू हुने भएको छ । बेरोजगारी समस्या समाधान गर्ने उद्देश्यले सो गाउँपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममार्फत ‘अध्यक्ष रोजगार कार्यक्रम’लागु गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताउनुभयो ।  

सामुदायिक विद्यालयमा जनप्रतिनिधि, कर्मचारी विद्यालय व्यवस्थापन समिति र शिक्षकका सन्ततिलाई भर्ना गर्न उत्प्रेरित गरिने तथा कृषि पेशामा आकर्षित गर्न र कृषकको मनोबल उच्च राख्न ‘अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार’कार्यक्रम शुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यस्तै शिक्षामा सबै बालबालिकाको सहज पहुँच पु¥याउने तथा प्राविधिक, व्यावसायिक र अङ्गे्रजी माध्यमको पढाइ सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ । 

यसैगरी ‘सुखी र समृद्ध अजयमेरुकोे आधार कृषि, पर्यटन, शिक्षा र व्यवस्थित पूर्वाधार’भन्ने मूल नाराका साथ गाउँपालिकाले सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर यो पेशालाई व्यावसायिक र सम्मानित पेशाका रुपमा विकास गर्नका लागि कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उल्लेख छ । यसैगरी नीति तथा कार्यक्रममा भूगोल सापेक्ष, वातावरण तथा जलवायु अनुकूलित बनाउँदै आर्थिक वृद्धिको दिगो आधार तयार गर्ने उल्लेख छ । 

गाउँपालिकाको प्रमुख सम्भावनाका रुपमा रहेको भटमास उत्पादनलाई बढाउन तथा जनताको प्रमुख बालीका रुपमा विकास गराउन बीउमा अनुदान कार्यक्रम दिइने नीति गाउँपालिकाले लिएको अध्यक्ष भट्टले बताउनुभयो ।

त्यस्तै कृषक तालीम, कृषि मेला प्रदर्शनी, उन्नत र परम्परागत बीउ वितरण, साना सिँचाइ तथा प्लाष्टिक पोखरी, भकारो सुधार, तरकारी नर्सरी, स्थानीय कुखुरा, च्याउ उत्पादन, फलफूल कलमीमार्फत उन्नत बिरुवा उत्पादन, घाँसखेती प्रवद्र्धन, सहकारी र समूहमार्फत बाख्रा तथा कुखुरापालन व्यवसाय, निजी कृषि तथा पशुपालन फर्म विकास, कृषक उद्यमशीलता कार्यक्रम सञ्चलन नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै औद्योगिक ग्रामको स्थापनाको सम्भाव्यता अध्ययन गरी उद्योग स्थापना गर्न साना तथा मझौला उद्योग सञ्चालन गर्ने चाहने आन्तरिक तथा बाह्य लगानीकर्तालाई दर्ता शुुल्क तथा तीन वर्षसम्मको कर निःशुल्क गरिने नीति तथा कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली