2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

घिउकुमारीबाट लाखौँ कमाई गर्दै रामेछापका किसान

प्रज्वल पौडेल/ पुस, रामेछाप ।
आगोले पोलेको घरेलु औषधिका रुपमा चिनिने घिउकुमारी खेतीबाट रामेछाप मझुवाका किसानले लाखौँ
रुपियाँ आम्दानी गरिरहेका छन् । रामेछाप मझुवा १ धुसालका किसान प्रकाश प्रधानले गतवर्ष २ सिजनमा गरी
घिउकुमारीको जेल बेचेर ४ लाख रुपियाँ कमाइ गर्नुभएको छ । प्रधानले प्रतिकिलो १ सय रुपियाँमा घिउकुमारीको
प्रशोधित जेल बिक्री गरेर आम्दानी गरेका हुन् । ७ वर्ष अघि सिन्धुली र रामेछापका स्थानीय जातको ५० हजार
घिउकुमारीका बिरुवाबाट खेती सुरु गरेका प्रधानले हाल ४० रोपनी जग्गामा २ लाख विरुवा लगाएका छन्

हाल १ लाख विरुवाबाट उत्पादन लिइरहनुभएका प्रधानले अर्काे वर्षदेखि १० लाख रुपियाँसम्म आम्दानी
गर्ने दाबी गरे । असार र पुसमा गरी २ पटक पात टिपेर जेल निकाल्न सकिने घिउकुमारीको जेल काठमाडौँमा
बिक्री हुने गरेको प्रधान दिव्य आयुर्वेदिक जडिबुटी प्रालीका प्रोपाइटर समेत रहेका छन् । प्रधानले जेल
बनाउने मेशिन आफैँले ल्याएर उत्पादन गरिरहेका छन् । घिउकुमारीको जेल साबुन, स्याम्पू र आयुर्वेदिक औषधि
निर्माणमा प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई