Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डिसहोम मिडियाद्धारा बैतडीका बिद्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण बिष्ट | असार १८, बैतडी | डिस होम मिडियाले बैतडीका बिद्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण गरेको छ । बैतडीको खोडपेमा रहेको डिसहोम डिलर (श्रीकृष्ण सफीङ् सेन्टर)द्धारा आयोजित एक कार्यक्रमका बिच यहाका ७ वटा बिद्यालयका १ सय २० जाना बिद्यार्थीहरुलाई शैक्षिक समाग्री सहित झोला बितरण गरेको हो ।

पाटन नगरपालिका  ८ स्थित खोडपे श्रोतकेन्द्र भवनमा बिद्यार्थीहरुलाई कापि, सिसा कलम सहित झोला बितरण गरिएको डिलर इन्चार्ज मोहन सिह बिष्टले जानकारी दिनुभयो । बिद्यार्थीहरुको पढाइप्रतिको रुचिलाई थप प्रोत्साहन गर्नको लागि बिद्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण गरीएको उहाले बताउनुभयो ।

डिस मिडिया लिमिटेड द्धारा आयेजित शैक्षिक समाग्री सहितको झोला बितरण कार्यक्रममा प्रमुख अतिथी पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पृथ्बी राज पन्त रहनु भएको थियो भने बिशिष्ट अतिथीमा खोडपे बजार ब्यावस्थापन समितीका अध्यक्ष हरीस बिष्ट, पत्रकार बसन्त बिष्ट रहनु भएको थियो । डिस मिडियाले देश सबैजसो ठाउहरुमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम सुदूरपश्चिम प्रदेसको पहिलो कार्यक्रम हो ।