2026-09-13 04:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पूर्वखोलालाई कागती र सुन्तला क्षेत्र बनाइने

असार १९, रामपुुर । पाल्पाको पूर्वखोला गाउँपालिकालाई सुन्तला तथा कागतीखेतीको पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । स्थानीय कृषकलाई फलफूल खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले पकेट क्षेत्र विकास कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । 

यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा सुन्तला, कागती, अलँैची र कफीका बिरुवा वितरण गरिएको छ ।

सो गाउँपालिका– ३ रिङ्नेरह र वडा नं ६ को हेक्लाङ क्षेत्रमा कागती, वडा नं ५ वीरकोट र वडा नं १ को सिलुवा क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्रका रुपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो । 

गाउँपालिकाका कृषि प्राविधिक सन्तोष कँडेलले गाउँपालिकाभरि १० हजार सुन्तला, १० हजार कागती, एक हजार ५०० अलैँची र एक हजार ५०० कफीका बिरुवा वितरण गरिएको अध्यक्ष थापाको भनाइ छ । उहाँका अनुसार २० प्रतिशत समूहले सामूहिक खेती गर्ने र ८० प्रतिशतले व्यक्तिगत तवरबाट खेती गर्ने गर्नेछन् । 

गाउँपालिकाको देविनगर, जल्पा र हेक्लाङ क्षेत्रमा अलैँची र कफीको पकेट क्षेत्र बनाउनका लागि सम्भाव्यता अध्ययन गरिने योजना रहेको सो गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन