२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

भुकम्प प्रतिरोधी घर निर्माण तालिम तत्काल सुरु गर्ने

७ माघ २०७२, बिहीबार २१:३०

Earthquake-secure-homeप्रज्वल पौडेल – माघ ८, रामेछाप
मेडियर नामक दातृ संस्थाको आर्थिक सहयोगमा सामुदायिक विकास समाज रामेछापले रामेछापका ३
गाविसमा तत्कालै जनचेतना र भुकम्प प्रतिरोधी घर निर्माण तालिम सुरु गर्ने भएको छ । मेडियरका पुनर्निमाण
अधिकृत इञ्जिनीयर किरण कुइँकेल र सञ्चार अधिकृत प्रसुन सिंहले सहभागितामूलक सुरक्षित आवास कार्यक्रम
(पासा) सुरु गर्ने जानकारी दिए ।

इञ्जिनीयर कुइँकेलका अनुसार
मेडियरले रामेछापका हिमगंगा, बिजुलीकोट र साँघुटार गाविसबासीलाई ५ दिने चेतनामूलक तालिम दिईने छ । उनले
भने– “हरेक वडाका ३ जना मिस्त्रीलाई सुरक्षित घर निर्माण तालिम दिने योजना बनाएका छौ । ” स्थानीय स्रोत
साधनबाट सजिलै बनाउन सकिने भुकम्प प्रतिरोधी घर परम्परागत घरभन्दा धेरै गुणा बलियो हुने कुइँकेलको भनाइ
छ । सामुदायिक विकास समाज रामेछापका प्रमुख मिलन घिसिङले प्राविधिक सल्लाह बिना घर नबनाउन आग्रह गरेका
छन्

यसैविच स्वीस अन्तराष्ट्रिय गैर सरकारी संस्था मेडेएयरको
आर्थिक सहयोग तथा संस्थागत विकास सञ्जाल ललितपुरसँगको साझेदारितामा सामुदायिक विकास समाज मन्थलीले नेपाल
सेल्टर रिकभर यान्ड रिकन्सट्रक्सन रेस्पोन्स कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम संचालनका लागी
मेडियरको १४ लाख ९१ हजार र सामुदायिक विकास समाजको २४ लाख ९१ हजार गरी कूल ३९ लाख १९ हजार बराबरको रकम
खर्च हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने