2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

बेपत्ताको स्मृतिमा मन्थलीमा प्रतिक्षालय निर्माण

प्रज्वल पौडेल- माघ ८, रामेछाप । सशस्त्र द्वन्द्व र जनआन्दोलनको बेलामा वेपत्ता भएकाहरुको
स्मृतिमा रामेछापको सदरमुकाम मन्थलीमा प्रतिक्षालय निर्माण सम्पन्न भएको छ । नव निर्मित प्रतिक्षालयको
बिहीबार रामेछापका सांसद श्यामकुमार श्रेष्ठले गरेका छन् । कार्यक्रममा बोल्दै सांसद श्यामकुमार
श्रेष्ठले विगतको आन्दोलमा ज्यान गुमानने, वेपत्ता हुने तथा अंगभंग हुनेहरुकै त्यागले देश यो अवस्थामा
पुगेको धारणा राखे । उनले भने — “देशको राजनीतिक विचलनलाई छिट्टै निष्कर्षमा पुर्याउनु पर्छ
।”

एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले द्वन्द्वको पीडाबाट
पाठ सिक्दै अब मुलुकको समृद्धिमा सबैको ध्यान जानु पर्ने धारणा राखे । एनेकपा माओवादीका केन्द्रीय सदस्य
धावा लामाले वेपत्ताका परिवारलाई राज्यले सम्मान गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । प्रमुख जिल्ला
अधिकारी शेषनारायण पौडेलले विगतको पीडालाई विर्सदै देश निर्माणमा लाग्नु पर्ने धारणा राखे । वेपत्ता
परिवारका सदस्यहरुले भने आफ्ना मानिसहरुको अवस्था सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।

प्रतिक्षालय निर्माणको लागि रामेछापका सांसद श्यामकुमार श्रेष्ठको सांसद कोषको
रकम २ लाख, सांसद शिवबहादुर खड्काको सांसद कोषको रकम १ लाख, आइसीआरसीको हातेमालो परियोजनाको रकम १ लाख,
मन्थली नगरपालीकाको ५० हजार, वेपत्ता परिवारको रकम ४६ हजार तथा अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुको
सहयोगमा कुल ४ लाख ३७ हजार रुपैयाँको लगानिमा सो प्रतिक्षालय निर्माण गरिएको हो । रेडक्रसको
अन्तराष्ट्रिय संस्था आइसीआरसीको हातेमालो परियोजना अन्तर्गतको कार्यक्रमको संयोजनमा प्रतिक्षालय
निर्माण भएको हो । आइसीआरसीको तथ्याङ्क अनुसार रामेछाप जिल्लाका द्वन्द्वको समयमा वेपत्ता पारिएका १७
जनाको स्मृतिमा सो प्रतिक्षालय निर्माण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई