2026-10-28 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

परपुरुष संग लसपसको आरोपमा घर निकाला

प्रेम सुनार/भदौ २६, गुल्मी । गुल्मीकी एक महिला परपुरुष संग लसपस गरेको आरोपमा झण्डै एक महिना देखि घर निकला भएकी छन् । रेसुङ्गा नगरपालिका–४ सेउवाकी २६ वर्षिया अम्वीका कुँवर नाम परिवर्तन अलपत्र परेकी हुन् ।

गत साउन ७ गते साँझ तम्घासबाट सामानहरु ल्याई दिएर आएका जिपका चालक र आफु विच अनैतिक सम्वन्ध रहेको आरोप लगाएर पहिल्लै देखि रिस–ईवी साँधेका जेठाजु र जेठानी दिदी लगायतले घर निकला गर्ने षडयन्त्र गरेको ति महिलाले बताउँदै आएकी छन् ।

‘त्यस दिन साँझ तम्घासबाट घरयासी सामनहरु किनेर जिपमा लिएर आएकी थिएँ घर देखि तल समानहरु ओराले पछि ति डाईभरले पनि घर सम्म सामानहरु बोकेर ल्याई दिए ’ –ति महिलाले भनिन् –‘त्यसरी समान ल्याई दिएर आएको मान्छेलाई एक्कासी हातपात गरियो र हल्ला–खल्ला गरियो । ’

उनले रुदै भनिन् –‘श्रीमान ताराबहादुर कुँवर नेपाली सेनाबाट सुडानस्थि शान्ति सेनामा जानु भएको थियो । उहाँ आउने बेला भई रहेको बेला हामी श्रीमान श्रीमति विच फाटो पार्नका लागि दलनामा चिया पिएर बसेका ति डाईभरलाई छिमेकी समेत गुहारेर निर्घात कुटपिट गरियो । त्यस पछि उनका कपडाहरु आँगनमा खोली मेरो कोठा भित्र फालियो र उनिलाई म संग लसपस गर्न आएको झुटो आरोप लगाईयो । ’

ति डाईभर संग सम्पर्क गर्दा उनले पनि उनिहरु विचको पुरानो रिस–ईवीले गर्दा म आफुलाई विना कारण निर्घात कुटपिट गरिएको बताए । ‘उहाँले तम्घासबाट खसी –बाख्रालाई बोराहरुमा दान र अन्य घरयासी सामानहरु धेरै लिएर आउनु भएको थियो मैले ओरालेर उहाँको आग्राहमा घर सम्म बोकेर लयाई दिएको थिएँ’– उनले भने–‘ चिया पिएर जानुस् भन्नु भयो र भर्खर पिउन थालेको थिएँ एक्कासी म माथी आक्रमण गरियो ।’

त्यसको भोली पल्ट ति महिलालाई जिल्ला प्रहरी कार्यालयमा ल्याउँदा पनि उनका छिमेकी दर्जनौ महिलाहरुले सार्वजानिक स्थानमा चरित्र हत्या गर्दै दुव्र्यवहार गरी रहेका थिए । तम्घास चिदीचौर जस्तो सार्वजानिक स्थनमा उनलाई एक्लो पारेर बोल्न समेत दिईएको थिएन् । दुई–तिन दिन सम्म चलेको छलफलमा न ति डाईभरले त्यो आरोप स्वीकार गरे न त ति महिलाले नै । अन्ततः जिल्ला प्रहरी कार्यालयले प्रमाण नपुगेको भन्दै उनिहरुलाई पठाएको थियो ।

त्यसो त गत वर्ष घरमा वहिनीलाई भेट्न आएका उनका आफ्नै दाजुलाई समेत कुन नाठो ल्याएर घरमा राखिस् भन्दैै ति दाजुलाई पनि तिनै जेठाजु जेठानी दिदीले निर्घात कुट पिट गरेको स्थानियवासी बताउ छन् ।

त्यस विरुद्ध जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी परेको थियो र ति जेठाजुले २ हजार जरिवान सहित माफी मगाएर मिलाईएको थियो । ‘त्यसरी आफ्नै दाजुलाई समेत नाठो लगाएर घरमा कुटेका थिए’– उनले भनिन्–‘ मैलै त्यति मात्र होईन् विहे भएको ११ वर्ष भयो अहिले सम्म उनिहरुबाट ठुलो तप्केनी खेप्दै छु । ’ उनले थपिन्–‘चार वर्ष अघि देवारले समेत मलाई कुटेका थिए । त्यति वेला विष्णुकुमारी सापकोटा लगायतका महिला अधिकारकर्मीहरुले मिलाएका थिए ।’

स्थानियवासीका अनुसार ति जेठाजु र जेठानी दिदी विच लामो समय देखि वोलचाल नै थिएन् । उनिहरु विच सधै जसो झगडा हुने गर्दथ्यो । त्यस कारणले पनि उक्त दिन ति महिला र डाईभरलाई सुुनियोजित रुपमा फसाईएको हुन सक्ने अधिकारकर्मीहरु बताउ छन् । उनि माथी पटक पटक गाली बेईजती र कुटपिट हुने गरेका घटनाहरु आफुहरुले मिलाएको भन्दै यहाँका केहि महिला अधिकारकर्मीहरुले विना प्रमाण ति महिलाको चरित्र हत्या गरिएको बताए ।

यसपाली पनि ति महिलाले आफ्नो चरित्र हत्या गरेको भन्दै ति जेठाजु सहित ५ जना छिमेकी विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरेकी छन् । उक्त घटनाको अर्को दिन ति महिलाका सुनका गर–गहना , नगद र कपडाहरु समेत वडा नागरिक मञ्चका संयोजक कै रोहवरमा खोसिएको उनै जेठाजु नेत्रबहादुर कुँवरले यहाँ स्थित रेडियो कार्यक्रममा बताएका छन् । उनी लगायतले लगाएको आरोपको ति महिलाले रेडियो कार्यक्रम मार्फत नै खण्डन गरेकी छन् ।

उनका श्रीमान सुडानबाट हालै स्वदेश आई पुगेका छन् । श्रीमति कुँवर एअरपोर्ट सम्म श्रीमानलाई लिन पनि गईन् । काठमाण्डौंमा दुई दिन सम्म उनिहरु भाउजुको कोठामा संगै बसेका थिए । यसै समाचादाता संग फोनमा कुरा गर्दा पनि उनका श्रीमानले आफुहरु संगै रहेको बताएका थिए । अहिले घर आएर भने उनै श्रीमानले श्रीमति र ति डाईभर विरुद्ध अदालतमा मुद्धा दायर गरेको बताईएको छ । ति महिला घर निकाला भए पछि सदरमुकाम तम्घासमा गत एक महिना देखि ९ वर्षिय छोरा सहित डेरा गरी बसेकी छन् ।

उनले आफु न्याय माग्न पटक पटक काठमाण्डौं सैनिक अदालतमा धाउन पर्ने भएकोले आफुलाई खर्च अभाव समेत भएको बताईन् । उनले घरमा व्यवसायीक बाख्रा पालन, भैसी पालन र तरकारी खेती समेत गरेकी थिईन् । घरमा उनको त्यो पौरख देख्ने जो कोहीले पनि उनले त्यसरी श्रीमानलाई घात गरिन् होलिन भनेर पत्याउन सक्दैनन् ।

अहिले त्यो पौरखमा उनै जेठानी दिदी रमेको उनि बताउछिन् । आरोपित महिलाका अनुसार ति जेठानी दिदी पेउली कुँवर उनकी ठुली आमाकी छोरी हुन र उनैले आफ्ना देवर संग ११ वर्ष अघि मागी विवाह गराई दिएकी थिईन् । श्रीमानले त्यसरी अदालतमा आफु विरुद्ध मुद्धा दिए पनि आफुहरु विच फोन कुराकानी हुने गरेको ति महिलाले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान