प्रज्वल पौडेल – माघ ११, रामेछाप । नेकपा एमाले
रामपुर गाउँ कमिटीको चौथो गाउँ अधिबेशन सोमबार सम्पन्न भएको छ । अधिबेशनले कुमारबाबु श्रेष्ठको
अध्यक्षतामा १५ सदस्यि गाउँ कमिटि गठन भएको छ । कमिटीको उपाध्यक्ष रमेश तामाङ, सचिव केशब कुृमार श्रेष्ठ
र उपसचीव पञ्चमाया श्रेष्ठ रहनुभएको छ ।
अधिबेशनको उद्घाटन
एमाले रामेछापका अध्यक्ष शान्ती प्रसाद पौडेलले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पौडेलले
कार्यकर्ताहरुलाई अवको युग आर्थिक विकासको भएको बताउदै आर्थिक उपार्जनका विषयमा काम गर्न जोड गर्नुभयो ।
उहाँले अहिलेको सरकारले विकासका योजनाहरुलाइ तिब्रता दिने धारणा राख्नुभयो । गाउँ अधिवेशनलाई एमाले
संगठन विभाग प्रमुख ज्ञान कुमार श्रेष्ठ, सचिववालय सदस्य युवराज प्राख्रिन,एमाओवादी गाउँ कमिटिका
अध्यक्ष भिम बहादुर तामाङले पनि मन्तव्य राख्नुभएको थियो ।