Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

छाब्दी मार्ग कालोपत्र हुँदै

By साझासवाल 7 मिनेट पढाइ

साउन ४, तनहुँ | तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी मोटरमार्गको चार मिटर चौडाइसहित ८०० मिटर दूरी कालोपत्र कार्य सम्पन्न भएको छ । जिल्लाको व्यास नगरपालिका– १ मोहोरियाटारदेखि भेडिखोलासम्मको उक्त दूरी कालोपत्र गरिएको हो ।

सदरमुकाम दमौलीदेखि छाब्दी देवी मन्दिर पुग्न करीब आठ किलोमिटर दूरी रहेकामा तीन किलोमिटर अघिल्ला वर्षमा कालोपत्र भइसकेको छ । कालोपत्र हुन बाँकी रहेको पाँच किलोमिटर दूरीमध्ये पहिलो चरणमा ८०० मिटर दूरी कालोपत्र सम्पन्न भएको छाब्दी मोटर मार्ग उपभोक्ता समितिका सचिव निर्मल पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मार्गको लागि केन्द्रीय सरकारले रु एक करोड विनियोजन गरेको थियो ।

छाब्दी मोटरमार्गको कालोपत्र गर्नका लागि दोस्रो चरणमा गण्डकी प्रदेश सरकारले रु एक करोड विनियोजन गरिसकेको छ । उक्त बजेटबाट ८०० मिटर नाला र ५०० मिटर सडक कालोपत्र गर्ने योजना रहेको सचिव पण्डितले बताउनुभयो ।

तेस्रो चरणमा व्यास नगरपालिकाले विनियोजन गरेको रु दुई करोड बजेटले मोटरमार्ग कालोपत्र गर्दा पनि करीब ३०० मिटर मार्ग कालोपत्र हुन बाँकी रहने देखिएको छ । समितिका सचिव पण्डितले भन्नुभयो, “बाँकी रहेको मार्गको प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेकाले आउँदो दशैभित्रमा पूरै मार्ग कालोपत्र हुने विश्वास लिएका छौँ ।”

उक्त मार्गको स्थानीय, प्रदेश र सङ्घीय गरी तीनवटै सरकारको सहयोग रहेको हुँदा आउँदा दिनमा यात्रु तथा भक्तजनले हिलो र धुलोमा यात्रा गर्नेुपर्ने समस्याको अन्त्य हुने अपेक्षा गरिएको उपभोक्ता समितिका सदस्य सूर्यबहादुर केसीले बताउनुभयो ।

तनहुँमा १३ कुष्ठरोगका बिरामी

तनहुँमा १३ जना कुष्ठरोगका बिरामी रहेका छन् । चार महिला र नौ पुरुष गरी १३ जना कुष्ठरोगका बिरामीले नियमित उपचार गरिरहेका छन् ।

व्यास नगरपालिकामा–पाँच, दुलेगौडामा दुई, बन्दीपुर गाउँपालिकामा–दुई, देवघाट गाउँपालिकामा–दुई र आँबुखैरेनी गाउँपालिकामा–दुई गरी १३ जना कुष्ठरोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका कुष्णरोग सहायक शिवचन्द्र महतोले जानकारी दिनुभयो ।

समयमा उपचार गरे कुष्ठरोग निको हुन्छ र अङ्गभङ्ग हुँदैन भन्ने चेतनाको अभावका कारण तनहुँमा कतिपय कुष्ठरोगका बिरामी रोग लुकाएर बस्ने गरेको उहाँले बताउनुभयो । महतोले भन्नुभयो, “समाजबाट हेलत्व हुने सोचका कारण कैयाँै मानिस रोग लुकाएर बस्ने प्रवृत्तिले गर्दा कुष्ठ रोगीको यकिन तथ्याङ्क सङ्कलन गर्न सकिएको छैन ।”

“नियमित औषधि सेवन गरे रोग निको हुन्छ”, उहाँले भन्नुभयो, “मानिस रोग पालेर बस्न् तयार हुन्छन् तर पनि स्वास्थ्य संस्थामा उपचारका लागि जान लाज मान्ने गरेको पाइएको छ ।” जिल्लाका सबै स्वास्थ्य संस्थामा कुष्ठरोगको निःशुल्क औषधिको व्यवस्था गरिएको र त्यस्ता रोगका बिरामीले समयमै नजिकको स्वास्थ्य संस्थामा गएर नियमित औषधि सेवन गर्न कार्यालयले आग्रहसमेत गरेको छ ।

कतिपय कुष्ठरोगी जिल्ला बाहिर गएर उपचार गर्ने गरेकाले पनि जिल्लाको तथ्याङ्कमा कुष्ठरोगीका सङ्ख्या कमी देखिएको सो कार्यालयले जनाएको छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामको सूक्ष्म किटाणुबाट लाग्ने हुँदा छालामा असर गर्दा शरीर नचिलाउने, छुँदा थाहा नहुने, दाग देखिने, छाला बाक्लो हुने, गिर्खा देखापर्ने र समयमा उपचार नगरे मांसपेशी कमजोर बनाइदिने लगायतको समस्या हुने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाह्राकोटीले जानकारी दिनुभयो ।