२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

ठोसे साक्षर गाविस घोषणा ।

१२ माघ २०७२, मंगलवार ०९:२०

माघ ११, प्रज्वल पौडेल, रामेछाप ।

उत्तरी रामेछापको दुर्गम ठोसे गाविस साक्षर गाविस घोषणा भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका
९६.४८ प्रतिशत नागरिक साक्षर भएको आधारमा ठोसेलाई साक्षर गाविस घोषणा गरिएको हो ।
सोमबार एक
कार्यक्रमका बीच विद्यालय निरीक्षक नेत्रप्रसाद गजुरेलले ठोसेलाई साक्षर भएको घोषणा गर्नुभयो ।
कार्यक्रममा स्रोत व्यक्ति भीमबहादुर थापा, शारदा उच्चमाविका प्राचार्य भगवान् कार्की, ठोसे बजार नेवा
पुचः का अध्यक्ष शिव श्रेष्ठ, राजनीतिक दल, वडा नागरिक मञ्च, आमा समूह, आमा समूह सञ्जाल, स्थानीय
विद्यालय, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साक्षर हुन बाँकी ८६ जनालाई शारदा उच्चमाविले प्राक्टिकल कक्षा सञ्चालन गरी यसै
शैक्षिक सत्रभित्र ठोसेलाई शत्प्रतिशत साक्षर गाविस बनाउने तयारी गरिएको शारदा उमाविका प्राचार्य भगवान्
कार्कीले बताउनुभयो । निरक्षर ८६ जनाका लागि शिव श्रेष्ठले आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने
प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली