२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

आमाछोरीलाई लुटपाट गरी फरार भएका दुइ लुटेरा समातिए

७ श्रावण २०७६, मंगलवार १५:५६

साउन ७, रुकुमपूर्व । आमाछोरीलाई लुटपाट गरी फरार भएका दुई जनालाई प्रहरीले एक महीनापछि काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका २७ वर्षीय अमर पुन र उदयपुरको रौता–७ ख्याटुङका २० वर्षीय लक्ष्मण मगर रहेका छन् । 

दुवै जनालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको हो । उनीहरुलाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरियो । रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार उनीहरुको साथबाट तीन थान मोबाइल, कानको सुनको जुली तथा स्काई, एनसेल र नेपाल टेलिकमका सिमकार्ड बरामद गरिएको छ । 

पुन र मगरले पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी जुनकुमारी पुन र उहाँकी छोरी रश्मीलाई गत जेठ ३२ गते कुटपिट गरी घाइते बनाउनुका साथै उनीहरुको साथमा रहेको रु एक लाख पाँच हजार, आधा तोला सुन, पाँच तोला चाँदी र मोबाइल लुटेका थिए । आमाछोरी यार्सागुम्बा सङ्कलन गरी घर फर्कँदै थिए ।

गम्भीर घाइते दुवैलाई गत असार १ गते नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ लगिएको थियो । पीडितको बयानका आधारमा लुटेरालाई पक्राउ गर्न सफल भएको खड्काले बताउनुभयो । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने