२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कैलालीमा तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

९ श्रावण २०७६, बिहीबार ०३:५२

साउन ९, धनगढी (रासस) | पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ ।

दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ ।  यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, पुरानो आलु रु ३५, प्याज रु ६०, लौका रु ७०, तानेबोडी रु १४०, काउली रु १२०, भेडेखुर्सानी रु १२०, हरियो तरकारी सानो मुठाको रु २५, गोलभेँडा रु १२०, हरियो खुर्सानी रु १०० पुगेको छ ।

सागसब्जीको चर्को मूल्यवृद्धिसँगै यसको कारोवार किलोमा भन्दा पाउको हिसाबमा गर्ने गरिएको छ । “साग तरकारीको मूल्य छोइनसक्नु छ”, स्थानीय कुलराज बमले भन्नुभयो, “मूल्यवृद्धिले सबैभन्दा बढी मारमा विपन्न वर्ग परेका छन् ।”

अरु महीनाको भन्दा वर्षायाममा साग तरकारीको मूल्यवृद्धि हुने गर्दछ । यस वर्षको वर्षामा अचाक्ली ढङ्गले मूल्यवृद्धि भएको अर्का उपभोक्ता केशव जोशीले बताउनुभयो । मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएको भए पनि यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको गुनासो उपभोक्ताको छ । 

“साग तरकारी उत्पादक किसानले उचित मूल्य पाउन सकेका छैनन्, भाउ बिचौलियाको नियन्त्रणमा छ”, स्थानीय उपभोक्ता जीवन धामीले भन्नुभयो, “मूल्य आकाशिँदासम्म पनि यसको भाउ नियन्त्रण गर्नेतर्फ कसैको चासो देखिँदैन ।”

फुट्कीको मूल्य चर्को

यतिबेला कैलाली, कञ्चनपुरका तरकारी बजारमा कारोवार भइरहेको ‘फुट्की’को मूल्य सुन्दा पत्यार नलाग्न सक्छ । बजारमा फुट्की प्रतिकिलो रु ७०० देखि रु ८०० मा कारोवार भएको छ । “असार महीनामा फुट्की प्रतिकिलो रु एक हजारसम्ममा बिक्री भएको देखियो”, स्थानीय रामदिन रानाले भन्नुभयो, “केही दिनयता भने यसको मूल्य घट्दै गएको छ ।” 

मूल्य चर्को भए पनि यसको स्वाद लिएका पारखीहरु फुट्की खोज्दै हिँड्ने गरेको देखिन्छन् । उखरमाउलो गर्मी बढेको समयमा जङ्गलको माटोमा डल्लो आकारमा पाउने फुट्की एक प्रकारको च्याउ हो । यो निकै पौष्टिक र स्वादिलो हुने गरेको खान पल्केका पारखीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य