2026-09-13 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा कम्प्युटर शिक्षा सञ्चालनले विद्यार्थीमा उत्साह

साउन १०, बाजुरा  | दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दुर्गम क्षेत्रमा बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा शुरु गरिएकाले शिक्षक तथा विद्यार्थी निकै उत्साही भएका हुन् ।

 बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाको समन्वय तथा स्थानीय साझेदार निकाय पिसविन परियोजना र सामुदायिक विकास परियोजनाको आर्थिक सहयोगमा दुई स्थानीय तहका चार विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन गरिएको पिसविनका संयोजक टेकबहादुर थापाले बताउनुभयो । 

कम्प्युटर सञ्चालन हुनेमा जिल्लाकै नमूना विद्यालयका रूपमा रहेको नौबिसस्थित भानोदय मावि, गाँज्रास्थित मालिका मावि, डोगडीस्थित मष्टेश्वरी मावि र बाह्रबिसस्थित सिङ्गाडा माविमा कम्प्युटर उपलब्ध गराइएकाले अहिले दुर्गम ठाउँका विद्यार्थीलाई उक्त विषय पढ्न निकै सहज भएको सम्बद्ध विद्यालयले जनाएको छ ।

यसबाट ग्रामीण क्षेत्रका विद्यार्थीले आधारभूत कम्प्युटर शिक्षा प्राप्त गर्नका लागि सदरमुकाम धाउनपर्ने बाध्यतासमेत हटेको छ । बाजुरामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजनाले सेवा क्षेत्रभित्रका विद्यालयलाई लक्षित गरी आवश्यक कम्प्युटर, फर्निचर, पुस्तकालय, भवन र अतिविपन्न बालबालिकालाई शैक्षिक सामग्री, पोशाक, कापी तथा कलम सहयोग गरिरहेको छ ।

 स्थानीयस्तरमै कम्प्युटर विषयको प्रयोगात्मक पढाइ हुन थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि बढेको भानोदय माविका प्राचार्य मनवीर खातीले बताउनुभयो । विद्यालयमा कम्प्युटरबारे यसअघि किताबी ज्ञानमात्र दिइए पनि अहिले भने प्रत्यक्ष कम्प्युटर चलाउन र सिक्न पाउँदा आफूहरुलाई निकै सजिलो भएको विद्यार्थी रवीन्द्र बुढाले बताउनुभयो । 

विद्यार्थीमा प्राविधिक ज्ञानका लागि विद्यालयमा कम्प्युटर शिक्षाको शुरुआत भएपछि शैक्षिक विकासमा सहयोग पुग्ने नौबिसकी रुक्मिणी जोशीको भनाइ थियो । दुर्गममा रहेका विद्यालयमा कम्प्युटर शिक्षाको शुरुआत गर्न कतै वैकल्पिक सौर्य ऊर्जा र कतै स्थानीय बासिन्दाले आफ्नै लगानीमा विद्युत् उत्पादन गरिरहेका र यसबाट एक हजार ५०० बढी विद्यार्थी लाभान्वित भएको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले