2026-06-28 07:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जाजरकोटमा बिरुवाबाट मनग्य आम्दानी

2019-07-28

साउन १२, जाजरकोट  | जाजरकोट कुशे गाउँपालिका–५, दम्दालागाउँका युवा उद्यमी शिव मल्लले यस वर्ष नर्सरीबाट रु आठ लाख आम्दानी गर्नुभएको छ । पाँच वर्षअघि स्थापना गरेको प्रवीण हिउँदे तथा बर्खे फलफूल नर्सरी उद्योगबाट यो वर्ष उहाँले रु ७१ हजार फलफूलका बिरुवा बेचेर रु आठ लाख आम्दानी गर्नुभएको हो । 

नलगाड नगरपालिका–४, जोगनिडाँडाका अर्का युवा उद्यमी केशवबहादुर रावलले पनि यो वर्ष रु ३२ हजार बिरुवा बिक्री गरेर रु पाँच लाख आम्दानी गर्नुभएको छ । ६ वर्षअघि उहाँले रावल फलफूल नर्सरी उद्योग सञ्चालन गरेर बिरुवा उत्पादन गर्दै आउनुभएको छ । 

मल्ल र रावल जस्तै जाजरकोट जिल्लाका २० जनाभन्दा बढी युवाहरु नर्सरीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । जिल्लामा चाहिने बिरुवा बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता टार्न युवाहरुले गाउँमै नर्सरी सञ्चालन गरेर आवश्यक पर्ने बिरुवा आपूर्ति गर्दै आएको कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताउनुभयो ।

सामान्य लेखपढ गरेका मल्ल र रावल रोजगारीको खोजीमा धेरै पटक भारतको कालापहाड पुगे । कालापहाडको कमाईले घरव्यवहार चलाउन मुस्किल थियो, मल्लले भन्नुभयो, “रोजगारीको खोजीमा भौँतारिनुभन्दा आफैँले उद्यम सञ्चालन गर्ने सोचेर नर्सरीमा हात हाले अहिले राम्रै आम्दानी भइरहेको छ ।”

“गाउँमै पनि थोरै लगानीले राम्रो आम्दानी गर्न सकिन्छ”,ज्ञान केन्द्रका प्रमुख रोकायले भन्नुभयो, “नर्सरीबाट हुने आम्दानीले रोजगारीका लागि विदेश जानेलाई युवालाई प्रेरणा दिन्छ ।” “नर्सरी शुरुआत गर्दा ४० हजार लगानी गरेको थियो”,रावलले भन्नुभयो, “नर्सरीले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ । नर्सरीमा अहिले ओखर, कागती, सुन्तला, अनार, टिमुर, बकाइनो, काउँलो, चिउरी आदि बिरुवा छन् ।”

बिरुवाअनुसारको मूल्य कायम गरेको छ । रु १५ देखि एक सयसम्म बिरुवाको मूल्य पर्छ । गाउँमै नर्सरी भएकाले गाउँ तथा नगरवासीलाई बिरुवा किन्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी