साउन १८, काठमाडौँ । गुल्मेली अधिकृत समाजले जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ र ४ को लिम्घा तथा ठूलोलुम्पेकका बाढीपहिरो पीडितलाई रु दुई लाख ५१ हजार नगद सहयोग गर्ने भएको छ ।
समाजका अध्यक्ष शङ्करप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले समाजका तर्फबाट सत्यवती गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
अविरल वर्षाका कारण ठूलो जनधनको क्षति हुन गएकोमा उक्त प्रकोपबाट पीडित घर परिवारका सुत्केरी र बालबालिकालाई सहयोग पु¥याउने उद्देश्यले सहयोग रकम सङ्कलन गरिएको अध्यक्ष खरेलले जानकारी दिनुभयो ।
गुल्मी स्थायी घरभएका नेपाल निजामती सेवामा अधिकृत वा सोभन्दा माथि माथिल्लो तहमा कार्यरत ३०० कर्मचारी उक्त समाजमा आबद्ध छन् । बाढीपहिरो पीडितका लागि नेपाल निजामती कर्मचारी श्रीमती सङ्घले पनि रु ५१ हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष चन्द्रकला रेग्मीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको सचिव कृष्णा खरेलले जानकारी दिनुभयो ।