२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रमस्थल नजिकै बिस्फोट

२०७६, २९ श्रावण बुधबार १२:०९

साउन २९, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बुधबार बम विस्फोट भएको छ । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्बोधन गरिरहेको बेला कार्यक्रम स्थलनजिकै दुई पटक विस्फोट भएको हो ।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले कार्यक्रम स्थल भन्दा केही पर विस्फोटको आवाज सुनिएको जानकारी दिए । विस्फोटबाट मानवीय क्षति भएको छैन । विस्फोट विप्लव समूहले गराएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुख्यमन्त्री शाही एक साताका लागि गृहजिल्ला कालिकोटको भ्रमणमा छन् । उनको टोलीलाई त्रास सिर्जना गर्ने उद्देश्यले अराजक समुहले वम विष्फोट गराएको स्वकीय सचिव सिंहले बताए ।

विस्फोटपछि पनि मुख्यमन्त्री शाहीको पुर्वनिर्धारित सवै कार्यक्रमहरु सहज रुपमा सञ्चालन हुने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिए । मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एशियाकै अग्लो पचालझरनाकोे पर्यटन प्रवर्द्धनका लागि भइरहेका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्न मंगलबार पचाल झरना गएका थिए । मुख्यमन्त्री शाही कालिकोट गएको बेला यसअघि पनि बम विस्फोट भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने