2026-10-26 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गोरखाको पर्यटन प्रबर्द्धन गर्न ‘लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार’ म्याराथन हुने

मनोज पराजुली, भदौ १, गोरखा | गोरखाको पर्यटन प्रबर्द्धन गर्नको लागि ३८ कि.मि. लामो  लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार म्याराथन हुने भएको छ। गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा भाद्र २५ गते उक्त म्याराथन हुन लागेको हो ।

“नेपालको उत्पत्तिदेखि जगसम्म” को अवधारणामा भाद्र २५ गते “लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार” गर्न लागिएको गोरखा नगरपालिका राजनराज पन्तले जानकारी दिए । गोरखाको ऐतिहासिक, धार्मिक, संस्कृतिक महत्व बारे जानकारी गराउंदै ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग पुर्याउन म्याराथन आयोजना गर्न लागिएको पन्तले जानकारी दिए । गोरखाको वास्तविक अवस्थाबारे भावी पुस्तालाई जानकारी दिंदै अन्तरिक प्रयटन प्रबर्द्धन गर्न सहयोग पुर्याउने उदेश्यले म्याराथन आयोजना गर्न लागिएको उनले बताए । 

यस वर्षबाट शुरु गर्न लागिएको म्याराथान्लाई हरेक वर्ष निरन्तरता दिने पन्तले बताए। साथै गोरखा नगरपालिकाले ‘गोरखा जाउँ’ अभियान नै संचालन गर्न लागिएको उनले जानकारी दिए ।

Image may contain: 3 people, people sitting and indoor

पालुङ्गटार नगरपालिका वडा नं. २, लिगलिगकोट शुरु भई गोरखा नगरपालिका वडा नं ६, गोरखा दरवारमा पुगेर दौड अन्त्य हुने जनाइएको छ। सिरानचोक गाउपालिका वडा नं. ५, चित्रेपोखरीलाई टर्निङ प्वाइन्ट बनाइएको छ । दौडका लागि दर्ता शुल्क २ सय तोकिएको छ ।

म्याराथनमा प्रथम हुनेलाई  १ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख र तेश्रो हुनेलाई ७५ हजारका साथै मेडल र प्रमाणपत्र दिइने जनाईएको छ। त्यस्तैगरि दौडमा चौंथो देखि दशौँसम्म हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ। चौथो, पाँचौ, छैटौ, सातौँ, आठौ, नवौ र दशौँ  हुनेलाई क्रमश ५०,०००, ३५,०००, ३०,०००,:२५,०००,  २०,०००, १५,०००, १०,००० र  मेडल तथा प्रमाणपत्र दिइने छ।

भदौ १ अर्थात आजबाट नै दरखास्त आवेदन खुल्ला गरिएको छ, भने दरखास्त दिने अन्तिम मिति भदौ २३ गते रहेको छ । भदौ २४ गतेसम्म सहभागी खेलाडीहरु लिगलिगकोट आइपुग्ने छ भने २५ गते विहान ६ बजेदेखि दौड संचालन हुने जनाइएको छ।  २५ गते नै समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ । सम्पर्क कार्यालयको रुपमा गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र नेपाली सेना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने