कमल घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल घ"/>
2026-11-01 09:21 PM
अर्थ/विकास

गुराँस लाइफको वार्षिक सम्मेलन पोखरामा सम्पन्न,घातक रोगको नयाँ योजना आउँदै

कमल घिमिरे।भदौ५।पाँचथर, 
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५।७६ को वार्षिक सम्मेलन कार्यक्रम कास्कीको पोखरामा सम्पन्न भएको छ ।

नेपालभरका सय बढी मार्केटङ, शाखा तथा उपशाखा प्रमुख र विभागीय प्रमुखको सहभागिता रहेको कार्यक्रममा कम्पनीका संचालक मेघराज पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा गत आर्थिक वर्षको समिक्षा तथा आगामी वर्षको रणनीति समेत तयार गरिएको कम्पनीले जनाएको छ  । ‘वी आर द बेस्ट’ भन्ने नाराका साथ अघि बढि रहेको गुराँस लाइफ इन्स्योरेन्सले हाल ८५ वटा कार्यालयबाट सेवा प्रवाह गरिरहेको  छ ।


कार्यक्रममा गतवर्ष उत्कृष्ठ काम गर्ने शाखा, उपशाखा, कार्यालय र कर्मचारीलाई सम्मान गरिएको छ ।  अघिल्लो २ वर्ष उपशाखाहरुमध्ये प्रथम भएको इलाम कार्यालय यसवर्ष शाखामा स्तरोन्नति भएर पनि सम्पूर्ण शाखामध्ये प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै दमक र विराटनगर शाखा क्रमशः द्वितीर र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । उपशाखामध्ये उर्लाबारी उपशाखा प्रथम भएको छ । यी सबै उपाधि जित्न सफल शाखा  तथा उपशाखा बिर्तामोड क्षेत्रिय कार्यालय अन्तर्गत रहेको क्षेत्रिय कार्यालय बिर्तामोडका क्षेत्रिय प्रबन्धक गिरधर श्रेष्ठले बताउनु भयो ।


त्यस्तै क्षेत्रीय कार्यालय विर्तामोड सर्वाधिक विमा शुल्क संकलन गर्न सफल भएको छ । नेपालगञ्ज, पोखरा र बुटवल क्षेत्रीय कार्यालय सर्वाधिक प्रतिशत उपलब्धि हासिल गर्न सफल भएका छन् ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा विमा गर्ने सम्पूर्ण वीमित तथा अभियान्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले धन्यावाद दिदैं वीमा बजारमा नयाँ योजना,५० लाख सम्मको घातक रोगहरुको उपचार सहितको बिमा र उत्कृष्ठ वोनसदर भएकोले ढुक्क भएर गुराँस लाइफ इन्स्योरेन्समा वीमा गर्न आह्वान समेत गर्नुभएको छ ।

विमाको हालसम्मको इतिहासमा सबैभन्दा बढी वोनस दिन सफल यस कम्पनीले बजारमा नयाँ वीमा योजना ल्याई वीमितको मन जित्न सफल बनेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड फिदिम उपशाखा प्रमुख कविराज मिश्रले साझा सवाललाई जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द