२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता (IT from Himalayas ICT Quiz-2019) हुदै

८ भाद्र २०७६, आईतवार ११:१९

सुनिल कुँवर | भदौ ८, काठमाडौँ | आई टि फर्म हिमालयाज आई सिटिले  बझाङ जिल्ला स्तरीय  दुई दिने हाजिरी जवाफ प्रतियोगिता  (IT from Himalayas ICT Quiz-2019)को तयारी गरेको छ | बझाङ जिल्ला भित्र रहेका सरकारी र गैरसरकारी (निजि ) बिद्यालयहरुमा रहेको विविधताको अन्त्य गर्ने उदेश्यका साथ् उक्त प्रतियोगिता गर्न लागिएको हो |

प्रतियोगिता दशैँ तिहारको अवसर पारेर कार्तिक ६ र ७ गते हुने आई टि फर्म हिमालयाज आई सिटका अध्यक्ष अक्कल बिष्टले जानकारी दिए | उनका अनुसार बझाङ जिल्ला भित्रका सामुद्दायिक तथा निजि  बिद्यालयमा अध्यनरत अन्डर एसईईका बिद्यार्थीहरुलाई लक्षित गरी स्थानिय निकाय, संघ, सस्था र स्वदेश तथा बिदेशमा बस्नुहुने बझाङबासीको सहयोगमा "IT from Himalayas", "बुङ्गल बिकास समाज" र "Skha Tech Pvt." द्वारा उक्त प्रतियोगिता  (IT from Himalayas ICT Quiz-2019) आयोजना गरिएको हो |  

बझाङ जिल्ला भित्र रहेका सामुदायिक तथा निजि बिद्यालयहरुबाट टिम सहितको सहभागिताको लागि अनुरोध गरिएको छ | बिद्यालय भन्दा बाहिरबाट सहभागिता हुन नपाउने, एसईईमा सामेल नभएको अर्थात् अन्डर एसईई हुनुपर्ने, ४ जनाको टिम हुनु पर्ने,  बझाङ्ग जिल्ला भित्र स्थाई बसोबासभई बझाङ्ग जिल्ला भित्रकै सामुदायिक तथा निजि  बिद्यालयमा  पढीरहेको हुनुपर्ने र टिम दर्ता गर्न १५ सय रुपैया लाग्ने ब्यबस्था रहेको छ |

त्यस्तै टिम दर्ता कार्तिक २ गते सम्म गरिसक्न आग्रह गरिएको छ | विशेष गरि बिद्यार्थी वर्गलाई लक्षितगरि उक्त कार्यक्रम गर्न लागिएको भएपनि लोकसेवाको तयारी गरिरहेका जो कोहीलाई पनि फाईदा हुने आई टि फर्म हिमालयाज आई सिटका अध्यक्ष अक्कल बिष्टको भनाई छ | उनले भने "हरेक बर्ष हामीले आयोजना गरेको कार्यक्रमबाट ५ प्रतिशत प्रश्न लोकसेवाले लिने परिक्षामा समेत आउने गरेको छ | त्यसकारण यसलाई हामीले अझै निरन्तरता दिने छौं र सरोकारवाला सबैको सहयोग रहने अपेक्षा गरेको छु" |

आई टि फर्म हिमालयाज आई सिटिले बिगत केहि बर्ष देखि हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको छ | सूचना  र प्रविधि सुहाउदो परिवेशमा निजि बिद्यालय र सरकारी बिद्यालय बिचको खाडल अन्त्य गर्नका लागि, निजि बिद्यालयलाई सरकारी बिद्यालयमा पढेको विद्यार्थीले पनि जित्न सक्छ भन्ने मान्यताका साथ् कार्यक्रम आयोजना गरेको  "IT from Himalayas" का सदस्य नरेश कुँवरले जानकारी दिए | विद्यार्थीहरुको बौदिक ज्ञान विकास गरी उनीहरुमा शिक्षाप्रतिको सकारात्मक धारणा जगाउनको लागि उक्त प्रतियोगिता बिगत एक बर्ष देखि आयोजाना गरिदै आएको छ | 

प्रतियोगितामा ५० प्रतिशत कम्प्युटर बाट, २५ प्रतिशत सामान्य ज्ञान र बौदिक प्रश्नबाट, १० प्रतिशत गाणितबाट, १० प्रतिशत बिज्ञानबाट र ५ प्रतिशत प्रश्न अंग्रेजीबाट (Asking Round Questions+ Rapid Fire Questions) सोधिने छ | 

प्रतियोगितामा प्रथमहुने टिमलाई कप सहित ४ वटा ल्यापटप, दिर्तिय र तिर्तियलाई कपका साथै प्रमाण पत्र र पुरस्कारको ब्यबस्था  गरिएको छ | बिज्ञान र प्रविधि सुहाउदो बिषयमा प्रश्नहरु सोधिने  छन् भने उक्त प्रतियोगिता बझाङ्ग जिल्लाको बुङ्गल नगरपालिका वडा नं ४, स्थित सरस्वती माध्यामिक बिद्यालय बिजगडामा हुने बताइएको छ | प्रमुख अथिति  बुङ्गल नगरपालिकाका  नगर प्रमुख रहने समेत IT from Himalayas ICT ले जानकारी दिएको छ |

यस बिषयमा  थप जानकारीको लागि (IT from Himalayas ICT) को वेबसाइट www.ith.org.np रहेको छ | र सम्पर्कका लागि  Akkal Bahadur Bist 9849781134 गर्न सकिने छ |



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य