फाल्गुण ८,प्रज्वल
पौडेल, रामेछाप ।
नेपाली काङग्रेस रामेछापको जिल्ला सभापतिमा लवश्री न्यौपाने विजयी भएका छन् । कुल खसेको ५ सय
९६ मत मध्ये न्यौपानेले ३ सय १० मत ल्याएर सभापतिमा विजयी भएका हुन् ।
उनका प्रतिष्पर्धि
अर्जुन केसिले २ सय ७७ मत प्राप्त गरे ।पार्टीका सभापति सुशिल कोईरालाको निधन भएपछि स्थगित भएको चुनावि
प्रक्रिया शनिबार भएको थियो । यसअघि माघ २६ मा सभापति पदको लागि भएको निर्वाचनमा अर्जुन केसी, लवश्री
न्यौपाने र कृष्णबहादुर महत कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि काँग्रेसको विधान अनुसार बढी मत
ल्याउने अर्जुन केसी र लवश्री न्यौपाने बिच पुन प्रतिस्पर्धा भएको हो ।
विजयी
उमेद्वार
बिजय
भएपछि आफुले नेपाली काग्रेसको सागठन लाई चुस्त दुरुस्त बनाउने, कार्यकर्ताको भावना अनुरुप काम गर्ने र
स्थानीय निर्बाचनमा नेपाली काग्रेसलाई बहुमत पुर्याउन आफ्नो पहल हुने योजना सार्बजनिक गरेका थिए
।
सभापति बाहेक अन्य सबै पदको मत परिणाम भने यसअघि नै आई सकेको छ । मतपरिणाम
अनुसार सचिवमा लेखबहादुर कार्की र कोषाध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भइसेका छन् । विजयी भएसँगै
नेपाली काग्रेसको टोलि जिल्ला विकास समिति प्राङ्गणबाट विपि चोक सम्म बजार परिक्रमा गरेको छ
।
निर्वाचन समितिले निर्वाचित पदाधिकारीलाई शनिबार नै प्रमाणपत्र हस्तान्तरण गरेको
छ ।