2026-09-14 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

युरिया मलको अभावमा नवलपुरका कृषकहरु महँगो मुल्य तिरी डिएपि मल प्रयोग गर्न बाध्य

कमला राना मगर | भदौ १९, नवलपुर | युरीया मलको अभाव हुदा नवलपुरका धान खेति गर्ने कृषकहरुले मंहगो मुल्यमा डिएपि मल खरीद गरी प्रयोग गर्न बाध्य भएका छन् ।

युरीया मलमा पाइने नाइट्रोजन र फोस्फोरसको मात्रा डीएपी मलमा पनी पाइने भएकोले युरीया मलको विकल्पको रुपमा केही महगो मुल्य तिरेर भएपनि कृषकहरुले डिएपि मल प्रयोग गरेका छन् ।

डिएपि मलको बजार मुल्य प्रति केजि ४३ रुपैया ९० पैसा रहेको छ भने युरिया मलको मुल्य थोकमा रु १४ रुपैया ९० पैसा र खुद्रा मुल्य प्रति किलो १८ रुपैया रहेको छ ।

मध्यविन्दु नगरपालिका वडा नम्बर ११ का कृषक बाबुलाल चौधरीले धान खेतिमा छर्ने युरिया मल नपाउदा मंहगोमा डिएपी मल प्रयोग गर्नु परेको ्बताउछन् । समयमा मल छर्न नपाउदा धानको बोटमा राम्रो फल नबस्ने भएकोले महगो डिएपी मल छर्नुपर्ने बाध्यता भएको चौधरीले बताए ।

त्यस्तै अर्का कृषक नाथुराम चौधरीले जसो तसो गरी धान रोपीयो गोडियो अहिले मलको पनि अभाव आर्थिकको अभाव भएकाले आफुले महगो मुल्यमा डिएपी मल किनेर छर्न नसकेको दुखेसो पोख्छन्  ।

धानमा राम्रो फल नलागे वर्ष भरीको परीश्रम खेर जाने बताउदै कृषक नाथुराम चौधरीले “हाम्रो दुख्ख कस्ले सुन्ने” आफनो धान खेत तिर नजर लगाउदै गुनासो गरे ।

हरेक दिन सहकारी र अन्य मल पाइने स्थानहरुमा मल सोध्ने गरेको बताउदै भदौ महीना वित्न लाग्दा समेत आफुहरुले युरीया मल नपाएकोे चौधरीले बताए ।

नाथुराम चौधरी जस्तै नवलपुरका धेरै कृषकहरु श्रावण महिनाको दोस्रो साता देखि युरीया मलको पर्खाइमा रहेका छन् । धान गोडेपछि छर्नुपर्ने  युरिया मल धान फुल खेल्ने बेला सम्म नपाउदा कृषकहरु चिन्तित बनेका छन् ।

नवलपुरका अधिकांश कृषकहरु धान खेतिमा निर्भर रहेका छन् भने यहा हिउदे र वर्षे गरी दुइ खेति धान लगाइने गरीन्छ ।

यता युरिया मल नवलपुरमा मात्र नभइ देशैभर अभाव रहेको कृषी सामग्री कम्पनि नवलपुरका शाखा प्रवन्धक रेवती लम्सालले बताए । कृषकहरुको समस्यालाइ मध्यनजर गर्दै आफुहरुले सम्बन्धीत निकायमा पटक पटक ताकेता गर्ने गरेको बताउदै प्रमुख लम्सालले यही भाद्र अन्तीम साता सम्ममा कृषकहरुले मल पाउने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले