2026-09-13 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा डोजरले खनेका सडकले जोखिम बढायो

भदौ २५, बैतडी | एक महीनाअगाडि पहिरोले थातबास गुमाएका बैतडीको सुर्नयाका पहिरोपीडितले हालसम्म पनि राहत पाउन नसकेको गुनासो गरेका छन् । 

गत साउन २२ गते सडकबाट खसेको पहिरोले विस्थापित भएका सुर्नया गाउँपालिका–८ मल्लोढोलेका छ परिवार अझै अर्काकै घरमा बस्न बाध्य भएका छन् । रेडक्रसको सामान्य राहतबाहेक अरू कसैले राहत पनि नदिएको उनीहरुले गुनासो गरेका छन् । पहिरोले घर तथा खेतबारी गुमाउँदासमेत कसैले नहेरेको स्थानीयवासी अम्मर बोहराले जानकारी दिनुभयो । 

पीडित परिवारहरुलाई खान लाउनमै समस्या भएको उहाँले बताउनुभयो । खेतमा लगाएको अन्न र घर सडकमाथिबाट खसेको पहिरोले बगाएपछि आफूहरुको बिचल्ली भएको उहाँले बताउनुभयो । 

पहिरोले स्थानीय लालबहादुर बोहरा, डम्मर बोहरा, अम्मर बोहरा, महावीर बोहरा, रमेश बोहरा र धौलसिंह बोहराको परिवार पूर्णरूपमा विस्थापित भएका छन् । उनीहरुको घरजग्गा सबै पहिरोले लगेपछि अर्काको घरमा बसिरहेका छन् । घरबारविहीन भएको एक महीना हुनै लाग्दासमेत कसैले चासो नदिएको पीडितहरुले गुनासो गरेका छन् । 

सतबाँझ श्रीभावर सडक खण्डअन्तर्गत ढोल्यामोढदेखि वडा कार्यालयसम्म काटिएको सडकबाट पहिरो खस्दा छ परिवार पूर्णरूपमा विस्थापित भएका छन् भने २२ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । 

यस्तै छ परिवार पहिरोको जोखिममा रहेका सुर्नया गाउँपालिका–८ का वडाध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिनुभयो । पीडित परिवारको समस्या समाधानका लागि गाउँकार्यपालिकाको बैठकमा छलफल गरिने जनाइएको  छ । 

सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले प्रभावित भएकाले उनीहरुको व्यवस्थापनका लागि सबै सरोकारवालाहरुसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो । 

यता जिल्ला प्रशासन कार्यालय बैतडीले  पनि पहिरोले विस्थापित भएका पीडितको पुनःस्थापनाका लागि पहल थालिएको जनाएको छ । प्रजिअ आनन्द पौडेलले प्रभावित क्षेत्रको अनुगमन गरिसकेको र पुनःस्थापनाका लागि मन्त्रालयमा जानकारी पठाएको बताउनुभयो । 

डोजरले खनेका सडक जोखिम बढायो

गाउँपालिका–८ मल्लोढोलेमा गत महीना पहिरो खस्दा गाउँ नै जोखिममा पर्यो । असारमा डोजरले खनेको सडकले पहिरो खस्दा छ घर विस्थापित भएका छन् भने करीब २२ घर जोखिममा परे । ढोल्यामोडबाट वडा कार्यालयसम्म काटिएको सडककै कारण गाउँ नै जोखिममा परेको हो । स्थानीयवासी प्रेमबहादुर बोहराका अनुसार सडक माथिबाट ठूलो पहिरो खसेको छ । एक परिवार पूर्णरूपमा विस्थापित भएको छ भने अन्य पाँच परिवार घर छोडेर आफन्तका घरमा बस्न बाध्य रहेको रेडक्रस बैतडीका मन्त्री रमेशसिंह भण्डारीले जानकारी दिनुभयो । भिरालो जमीन भएकाले स्थानीयवासीले अन्यत्रबाट सडक लैजान आग्रह गरे पनि गाउँ नै जोखिममा पर्ने गरेर डोजरले सडक काट्दा विस्थापित हुनु परेको स्थानीयवासी अम्मरसिंह बोहराले बताउनुभयो ।

ढोल्यामोडदेखि सुर्नया गाउँपालिका–८ को कार्यालयसम्म गत वर्ष करीब रु ९५ लाखमा सडक खनिएको थियो । सडकका कारण पहिरोको जोखिम बढेको स्थानीयवासी वीरपल बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकमा खनिएको सबै माटो खेतमा आएको छ । माथिबाट पूरै पहिरो खसेर घर नै जोखिममा परेका छन् । सडककै कारण बस्ती जोखिममा परेका हुन् ।”

जिल्लाका अन्य स्थानीय तहमा पनि पहिरोको जोखिम बढेको छ । बिना ‘स्टिमेट’ जथाभावी डोजरले खनिएका सडककै कारण बर्खामा समस्या बढेको हो । दोगडाकेदार गाउँपालिकाको–१ रिममा खनिएको सडकले पनि स्थानीय बासिन्दाका घर जोखिममा परेका छन् । खोचलेक–मल्लाढिक–सित्तड–रिम सडकले स्थानीय बासिन्दाका घर जोखिममा परेका हुन् । करीब रु एक करोडभन्दा बढी खर्चेर गत वर्ष निर्माण गरेको उक्त सडकले वर्षा शुरु भएसँगै पहिरोको जोखिम बढाएको छ । भुल्गाउँका छ घर पहिरोको जोखिममा परेको वडाध्यक्ष ध्वजबहादुर कार्कीले जानकारी दिनुभयो । परमले भुल, मन्धिरे भुल, चिउचे भुल, गोविन्द भुल, पत्या भुल र फुत्ते भुलको घर पहिरोको जोखिममा परेको उहाँले बताउनुभयो । घरमुनि बाट सडक खनिएकाले पहिरोको जोखिम बढ्दै गएको छ । घरआँगनबाट सडक निर्माण गर्दा जोखिममा परेपछि राति पालैपालो सुत्ने गरेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

डोजरले खनेका सडककै कारण पहाडी धरातल भएको बैतडीका विभिन्न ठाउँमा पहिरोको त्रास बढेको छ । बिना स्टिमेट डोजरले खनेका सडकले पहिराको त्रास निम्त्याएको स्थानीयवासीको गुनासो छ । विगतमा काटिएका सडक बर्खासँगै खोल्सामा परिणत भएको स्थानीयवासी बताउँछन् । सडक काट्ने प्रतिस्पर्धा चलेपछि सबै स्थानीय तहले डाँडाकाँडा चिराचिरा पारेका छन् । मेशिनले जथाभावी सडक खन्दा पहिराको जोखिम एकातिर बढेको छ भने पानीका मुहान पनि हराउँदै गएको स्थानीयवासी बताउँछन् । 

गोकुलेश्वर–डिलासैनी सडकले पनि थलालगाउँ, ओखलबाटा, सेटीगाउँ, सौगाउँ लगायतका ठाउँमा पहिरोको जोखिम बढेको छ । छ वर्षअघि बाट सडक काट्न शुरु गरेदेखि नै घर पहिरोको जोखिममा परेको स्थानीयवासी हरिदत्त जोशीले बताउनुभयो । जथाभावी खनिएका कच्ची सडकले खेतीयोग्य जमीन र बस्तीमा प्रभाव पर्न थालेको पाटन नगरपालिका–६ का हरिश बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका नाममा विनाश भएको छ ।” जिल्लाका अधिकांश स्थानीय तहले सडकलाई प्राथमिकतामा राखेर गाउँगाउँमा सडक खनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले