2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

तीन दल एक ठाउँमा नहुँदा संविधान कार्यान्वयनमा जटिल : कृषि मन्त्री गजुरेल

फाल्गुण १७,
प्रज्वल पौडेल, रामेछाप

कृषि विकास मन्त्री हरिवोल गजुरेलले संविधान निर्माणपछि ठूला दलहरु एक ठाउँमा आउन नसक्नु
दुर्भाग्यपूर्ण भएको बताएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा सोमबार भएको २१ औ जिल्ला परिषदको निर्णय
सार्वजनिकरण कार्यक्रमा बोल्दै मन्त्री गजुरेलले यस्तो बताएका हुन् ।

mantri 1

संविधान बनाउने
बेलामा एकजुट बनेका तीन पार्टी एक ठाउँमा नआएसम्म संविधान कार्यान्वयनको काम जटिल हुने बताए । उनले
नेपाली जनताका जनप्रतिनिधीले जोखिमलाई मोलेर दबाबको व्यवास्था गर्दै संविधान जारी गर्न सक्षम भएको बताए
। गजुरेलले काँग्रेसलाई सरकारमा ल्याउनको लागि सबै तर्फबाट प्रयत्न भईरहेको जानकारी दिए ।

एमाओवादीका नेता समेत
रहेका मन्त्री गजुरेलले नेपालको राजनीतिमा राजनीतिक दलहरुले ठूलो ब्रेक गरेका भए पनि व्यवहारमा अझै
ब्रेक गर्न बाँकि भएकोे बताए । गजुरेलले भने – “राजनैतिक दलका नेताले ट्रयाक बदले पनि व्यवहारिक रुपमा
अझै स्वीकार्न सकेका छैनन् ।” विपी कोइरालाले २००७ साल तिर नै दलितलाई भेला गराइ सामुहिक भोजन गराउनु,
पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी खोल्नु चानचाने कुरा होइन तर अहिलेपनि स्वः पूर्वप्रधानमन्त्री
सूसिल कोइरालालाई विद्युतिय शबदाह गृहमा अन्त्यष्टि गर्न नचाहनु दुभाग्य हो – उनले भने, पुराना
यथास्थितिवादीले हामीलाई पछाडि तानिरहेको छ । सिद्धान्त र व्यवहार नमिल्दा सम्म देशले विकासको गति लिन
नसक्ने मन्त्री गजुरेलको धारणा छ ।”

mantri
2

कृषी मन्त्री गजुरेलल जुनारको राजधानी भनेर चिनिने सिन्धुली र रामेछापको कृषि क्षेत्रको
विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । जनताहरुले छिटो छिटो आर्थिक, सामाजिक क्षेत्रमा परिवर्तन
होस् भन्ने आशा गरेका भए पनि त्यो अनुसारको परिवर्तन हनु नसक्दा असन्तुष्टि र निराशा बढ्दै गएको उनको
भनाइ छ । कार्यक्रममा सांसद कमला सुवेदी, एमाओवादी केन्द्रीय सदस्य धावा लामा, जिल्ला स्थिति राजनितिक
दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल तथा विभिन्न नागरिक संगठनका प्रमुख एवं
प्रतिनिधिहरुले पनि जिविसले सार्वजनिक गरेको कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना व्यक्त गरेका थिए

कार्यक्रममा रामेछापका
स्थानीय विकास अधिकारी दिनेशराज पन्तले जिविसको आर्थिक वर्ष ०७३÷०७४ को कुल ३ अरव ६१ लाख ३७ हजार ७८
रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् । जसमा चालु तर्फ १ अरव ९६ करोड ४ लाख ५७ हजार र
पुजीँगत तर्फ १ अरब ६५ करोड ३३ लाख २१ हजार रुपैयाँ रहेको छ । जिल्ला विकास समितिले आगामी वर्षका
योजनामा भौतिक पुर्वाधार तर्फ जिल्लाका सबै गाविसलाई सदरमुकामसम्म जोड्ने सडकलाई पहिलो प्राथमिकतामा
राखेको छ ।


त्यसैगरी झोलुङ्गेपुल निर्माण तथा मर्मत,
बैकल्पिक उर्जा, सहरी पूर्वाधार विकास लगायतका कार्यक्रमहरु प्राथिमिकतामा छन् । त्यस्तै कृषि, सिँचाई,
उद्योग, पर्यटनका योजना पनि जिल्ला विकास समितिका प्राथमिकताका योजना समाबेश गरिएको छ । भूकम्पको कारण
क्षति पुगेको विद्यालय, स्वास्थ्य संस्था लगायतको पुनःनिर्माण तथा स्तरोन्नतिका कार्यक्रम पनि
प्राथमिकतामा राखिएको छ । कार्यक्रममा सर्वसाधरण नागरिकको सहभागीता न्युन भएपनि जिल्लाका ५ वटा
रेडियोबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

mantri
3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई