२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

कृषि कार्यालयले समयमै वीउविजन उपलब्ध गराउन नसकेको कृषककोे गुनासो

२० फाल्गुन २०७२, बिहीबार ००:०६

१९ फागुन, प्रज्वल पौडेल, रामेछाप ।

 जिल्ला कृषि विकास कार्यालय रामेछापले समयमा नै माग अनुसारको
वीउविजन उपलब्ध गराउन नसकेको कृषकहरुले गुनासो गरेका छन् । सेवा केन्द्रमा बढि उत्पादन हुने जातको वीउ,
वीउ उत्पादन गर्ने कृषकलाई मात्र दिदाँ उन्नत जातको वीउविजन सबै कृषक सामू पुग्न नसकेको उनीहरुको भनाइ छ
। बुधबार कृषि सम्पर्क केन्द्र खिम्तीले प्रवाह गरेको सेवाको गुणस्तरको विषयमा संचालन गरिएको सामुदायिक
अंकपत्र अन्तर्गतको आमने–सामने बैठकमा सहभागि कृषकले यस्तो बताएका हुन् ।

salgp 5


सम्पर्क कार्यालयका कर्मचारी धेरै गाविसमा पुगेर सेवाग्राहीलाई सेवा दिन सम्भव नभएको भन्दै सम्पर्क
कार्यलयलाई विस्तार गरी सेवा केन्द्रमा लैजानुपर्ने स्थानीय बद्री केसीले बताए । कृिष सेवा केन्द्र
विस्तार भए कर्मचारीको दरबन्दी थप हुने र कृषकलाई सहज हुने उनको बुझाइ छ । केसिले भने – “कृषकलाई उन्नत
वीउवीजन, विषादी प्रयोग तथा प्राविधिक ज्ञान दिनु आवश्यकता छ, यसको लागि सरोकारवाला निकायले ध्यान
दिनुपर्छ । ”

त्यस्तै सम्पर्क कार्यलय खिम्तीमा आउदाँ आफूहरुले
परामर्स र माग अनुसारको विउवीजन पाइरहेको फुलासी गाविसकि कृषक कल्पना गिरीले बताइन् । उनले भनिन्
“कार्यलयमा कर्मचारी न्युन छ, कार्यलयमा नियमित सम्पर्क गर्ने किसान सन्तुष्ट छन् तर टाढाका किसानले भने
अझै सोचे अनुसार सेवा पाउदैनन् ।”

salgp 1

यस्तै कृषि कृषिसम्पर्क केन्द्र खिम्तीका
प्रमुख महेन्द्र ओलीले कर्मचारी कम भएकाले फिल्डमा पुगेर सबै कृषकलाई सेवा प्रदान नभएपनि सम्पर्कमा
आउनेलाई सेवा प्रदान गरेको बताए । उनले कार्यालयमा प्राप्त विउ विजनको प्रकृति हेरि कृषकलाई वितरण
गरिरहेको बताए । ओलीले कृषकको माग अनुसारका तालीम दिन, समयमा नै वीउ विजन प्रदान गर्न र सम्पर्क
कार्यालयलाई सेवा केन्द्रमा परिणत गर्न जिल्ला कृषि विकास कार्यलयमा अनुरोध गर्ने प्रतिबद्धता व्यक्त
गरे ।

Mahendra 1
प्राकृतिक स्रोत प्रबद्र्धन समाज मन्थलीको आयोजना तथा स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना
रामेछापको सहयोगमा संचालन भएको कार्यक्रममा कृषि सम्पर्क केन्द्रबाट सेवा लिएका खिम्ती, गेलु, फुलासी र
तिल्पुङका सेवाग्राही, स्थानीय राजनैतिकदलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सहभागीले भावी दिनमा सेवाप्रदायक र सेवाग्राहीले
सुधारको लागि कार्य योजना बनाएका छन् । उक्त कार्य योजनाहरु निरन्तर अनुगमनको लागि सेवाग्राही तथा
सेवाप्रदायक रहेको गंगा दाहालको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । कार्यक्रममा
सामुदायिक अंकपत्र संचालनको उद्देश्य, चरण तथा प्रक्रियाहरुको विषयमा साल्ज परियोजना रामेछापका जिल्ला
संयोजक उमङ्ग मैनालीका जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान