2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

कृषि कार्यालयले समयमै वीउविजन उपलब्ध गराउन नसकेको कृषककोे गुनासो

१९ फागुन, प्रज्वल पौडेल, रामेछाप ।

 जिल्ला कृषि विकास कार्यालय रामेछापले समयमा नै माग अनुसारको
वीउविजन उपलब्ध गराउन नसकेको कृषकहरुले गुनासो गरेका छन् । सेवा केन्द्रमा बढि उत्पादन हुने जातको वीउ,
वीउ उत्पादन गर्ने कृषकलाई मात्र दिदाँ उन्नत जातको वीउविजन सबै कृषक सामू पुग्न नसकेको उनीहरुको भनाइ छ
। बुधबार कृषि सम्पर्क केन्द्र खिम्तीले प्रवाह गरेको सेवाको गुणस्तरको विषयमा संचालन गरिएको सामुदायिक
अंकपत्र अन्तर्गतको आमने–सामने बैठकमा सहभागि कृषकले यस्तो बताएका हुन् ।

salgp 5


सम्पर्क कार्यालयका कर्मचारी धेरै गाविसमा पुगेर सेवाग्राहीलाई सेवा दिन सम्भव नभएको भन्दै सम्पर्क
कार्यलयलाई विस्तार गरी सेवा केन्द्रमा लैजानुपर्ने स्थानीय बद्री केसीले बताए । कृिष सेवा केन्द्र
विस्तार भए कर्मचारीको दरबन्दी थप हुने र कृषकलाई सहज हुने उनको बुझाइ छ । केसिले भने – “कृषकलाई उन्नत
वीउवीजन, विषादी प्रयोग तथा प्राविधिक ज्ञान दिनु आवश्यकता छ, यसको लागि सरोकारवाला निकायले ध्यान
दिनुपर्छ । ”

त्यस्तै सम्पर्क कार्यलय खिम्तीमा आउदाँ आफूहरुले
परामर्स र माग अनुसारको विउवीजन पाइरहेको फुलासी गाविसकि कृषक कल्पना गिरीले बताइन् । उनले भनिन्
“कार्यलयमा कर्मचारी न्युन छ, कार्यलयमा नियमित सम्पर्क गर्ने किसान सन्तुष्ट छन् तर टाढाका किसानले भने
अझै सोचे अनुसार सेवा पाउदैनन् ।”

salgp 1

यस्तै कृषि कृषिसम्पर्क केन्द्र खिम्तीका
प्रमुख महेन्द्र ओलीले कर्मचारी कम भएकाले फिल्डमा पुगेर सबै कृषकलाई सेवा प्रदान नभएपनि सम्पर्कमा
आउनेलाई सेवा प्रदान गरेको बताए । उनले कार्यालयमा प्राप्त विउ विजनको प्रकृति हेरि कृषकलाई वितरण
गरिरहेको बताए । ओलीले कृषकको माग अनुसारका तालीम दिन, समयमा नै वीउ विजन प्रदान गर्न र सम्पर्क
कार्यालयलाई सेवा केन्द्रमा परिणत गर्न जिल्ला कृषि विकास कार्यलयमा अनुरोध गर्ने प्रतिबद्धता व्यक्त
गरे ।

Mahendra 1
प्राकृतिक स्रोत प्रबद्र्धन समाज मन्थलीको आयोजना तथा स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना
रामेछापको सहयोगमा संचालन भएको कार्यक्रममा कृषि सम्पर्क केन्द्रबाट सेवा लिएका खिम्ती, गेलु, फुलासी र
तिल्पुङका सेवाग्राही, स्थानीय राजनैतिकदलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सहभागीले भावी दिनमा सेवाप्रदायक र सेवाग्राहीले
सुधारको लागि कार्य योजना बनाएका छन् । उक्त कार्य योजनाहरु निरन्तर अनुगमनको लागि सेवाग्राही तथा
सेवाप्रदायक रहेको गंगा दाहालको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । कार्यक्रममा
सामुदायिक अंकपत्र संचालनको उद्देश्य, चरण तथा प्रक्रियाहरुको विषयमा साल्ज परियोजना रामेछापका जिल्ला
संयोजक उमङ्ग मैनालीका जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई