2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

संविधान कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्छ: गृहमन्त्री बस्नेत

प्रज्वल पौडेल/
फागुन २१, रामेछाप । 
गृहमन्त्री शक्ति बस्नेतले संविधान कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्ने
बताएका छन् । उनले नेपाली जनताको दशकौ लामो प्रयासबाट जनताबाट निर्वाचित प्रतिनिधीबाट संविधान निर्माण
गरेकाले सबैमा अपनत्वको महसुस भएको बताएका हुन् । योङ्ग कम्युनिष्ट लिग नेपाल रामेछापको तेस्रो तथा
अनेरास्ववियु क्रान्तिकारी रामेछापको १६ औ जिल्ला अधिबेशनलाइ सदरमुकाम मन्थलीमा शुक्रबार सम्बोधन गर्दै
मन्त्री बस्तेतले यस्तो बताएका हुन् । एमाओवादीका नेता समेत रहेका मन्त्री बस्नेतले भने– “संविधानले
हिमाल, पहाड, तराइ सबै क्षेत्रका नागरिकको मौलिक हक अधिकार सुनिश्चित गरिदिएको छ, सबै जात, भाषा,
संस्कृतिलाई स्वाकार गरेको छ ।” नागरिकको मौलिक हक, अधिकार संविधानले ग्यारेन्टी गरेको छ– उनले भने

shakti basnet 1
गृहमन्त्री बस्नेतले सरकार अहिले नेपालको स्वाधिनता र स्वतन्त्रताको पक्षमा
लागिपरेको धारणा राखे । “नेपालमा अस्थिरता, अशान्ति हेर्न चाहने विदेशिलाई घुँडा टेकाउदै सुशासन, आर्थिक
विकास गर्न तर्फ सरकार अगाडि बढेको छ” उनले भने । संविधानमा निर्माण गर्न कसको योगदान बढि रह्यो भनेर
नागरिकले बुझिसकेकाले भन्दै गृहमन्त्री बस्नेतले संविधानमा उल्लेख भएका नीतिनियम कार्यान्वयन कुन
पार्टीले गर्छ, गर्दैन यता तिर बहस चलाउनुपर्ने अबको आवश्यकता रहेको बताए । उनले भुकम्पपिडितको आवास
पुननिर्माणमा ढिलाइ भएको स्वीकार गरे । बस्नेतले “सरकारले भुकम्पपिडित नागरिकलाई बर्षाद अगाडि नै आवास
भित्र बसाउने योजना अगाडि बढाएकाले अब पुननिर्माण कार्यमा एकजुट बन्नुपर्छ” भने ।

त्यसैगरी पुर्व
शान्ती तथा पुर्ननिमाण मन्त्री सत्य पहाडिले राज्यलाइ उत्तरदायि र जनताप्रतिको कर्तव्यको ग्यारेन्टी
गर्न सविधानले महत्वपूर्ण भुमिका खेल्ने बताइन् । उनले देश विकासको जिम्मा अब क्रान्तिकारीहरुको हातमा
आएको धारणा राखिन् । त्यसैगरी योङ्ग कम्युनिष्ट लिग नेपालका केन्द्रिय अध्यक्ष आरसि शर्माले युवा उर्जा
राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने धारणा राखे । उनले राज्यले रोजगारीका क्षेत्र किटानी अगाडि युवालाई
उचित स्थान दिनुपर्ने बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन
गर्दै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नरेन्द्र न्यौपानेले शिक्षा क्षेत्रमा
परिवर्तन हुन नसकेको बताए । उनले अझैपनि विद्यालय तहका विद्यार्थिले निशुल्क शिक्षा पाउन नसकेको दावी
गरे । न्यौपानेले हरेक आन्दोलन विद्यार्थीको सहयोगबाट सफल भएको भएपनि विद्यार्थीको शैक्षिक योग्यताले
अझै रोजगारी पाउने ग्यारेन्टी नभएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रम योङ्ग कम्युनिष्ट लिग नेपाल
रामेछापका संयोजक शेरबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।

shakti basnet program

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई