2026-09-10 12:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा जानेहरुले म्यानपावर र डिमाण्ड छनौट कसरी गर्ने ?

रोजगार टिप्स | नेपाली युवाहरुको बैदेशिक रोजगारी रहर नभई बाध्यता बनेको छ । नेपालमा प्रयाप्त रोजगारीको अवसर नपाएर युवाहरु श्रमको लागि विदेश पलायन भईरहेका छन् । 

बैदेशिक रोजगारीमा जाने युवाहरुलाई विदेश जानु अघि धेरै कुराको जानकारी नहुँदा पिडित बन्नुपरेको अवस्था छ । बैदेशिक रोजगारीमा जानको लागि तयारी गरेर बिभिन्न म्यानपावर कम्पनीमा आफै पुगेर अन्तर्वार्ता दिएर आफू जाने कम्पनीबारे राम्ररी बुझेर बैदेशिक रोजगारीमा जाने युवाहरुलाई बैदेशिक रोजगारी अवसर पनि बनेको छ तर बुझ्दै नबुझी म्यानपावर तथा एजेन्ट प्रलोभनमा परि बैदेशिक रोजगारीमा जाने युवाहरुलाई बैदेशिक रोजगार समस्या पनि बनेको छ । एजेन्टको भरोशामा बैदेशिक रोजगारीमा जाँदा नेपालमा भनेजति तलब र सेवा सुविधा नहुने, राम्रो कम्पनी नपर्ने, एउटा काम भनेर अर्कैमा गर्नुपर्ने जस्ता समस्याहरु आईलाग्छन् । 

बैदेशिक रोजगारीमा युवाहरु पिडित बन्ने मूलत: केहि कारणहरु छन् । अधिकांश युवाहरु बैदेशिक रोजगारीको क्रममा राम्रो म्यानपावर कम्पनी र डिमाण्ड बारे सत्य/तथ्यनै नबुझी बैदेशिक रोजगारीमा हामफाल्दा समस्यामा पर्ने गरेका छन् । बिशेष गरि बिभिन्न एजेन्टहरुको प्रलोभनमा परेर बैदेशिक रोजगारीमा जानु अघि हुनुपर्ने सजगता नअपनाउदा कयौं युवाहरु विदेशमा रोजगारीको क्रममा पिडित बन्ने गरेका छन् । 

हामीले आज बैदेशिक रोजगारको तयारीमा रहेका युवाहरुलाई विदेश जानु अघिको महत्वपूर्ण पुर्वतयारी र बैदेशिक रोजगारीको डिमाण्ड/म्यानपावर छनोटका केहि बुदागत चरण र ध्यानाकर्षण हुनुपर्ने कुराहरुबारे जानकारी दिएका छौं, जुन निम्न छन् । 

१. बैदेशिक रोजगारीमा जान आफ्नो जहान तथा घर परिवारसँग सल्लाह, परामर्श गरी सहमति लिनुहोस्, पासपोर्ट बनाउनुहोस् ।

२. केही सीप सिक्नुहोस्, आफूले गर्न सक्ने र जान्ने काममा मात्र बैदेशिक रोजगारीमा जाने तयारी गर्नुहोस् । 

३. आफ्नो सिप वा जानेको कामको आधारमा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीमा आउने डिमाण्डहरु हेर्नुहोस् । डिमाण्डहरु हेर्न सिधै म्यानपावर जानुहोस् वा पत्रपत्रिका वा अनलाइनमा आएका डिमाण्डहरु हेर्नुहोस् । अनलाईनमा डिमाण्ड हेर्न चाहनुहुन्छ भने sajhajobs.com वा आफ्नो मोबाइलको प्ले स्टोरमा गई ‘Baideshik Rojgar‘ खोजेर एप डाउनलोड गर्नुहोस् । जसमा इन्टरनेट सुविधा भएको संसारको जुनकुनै कुनाबाट देश अनुसार/म्यानपावर अनुसार र आफ्नो स्किलको आधारमा डिमाण्डबारे जानकारी लिन सकिन्छ । 

४. डिमाण्ड सत्य छ कि छैन, बिज्ञापनमा दिए अनुसार तलब/सेवा-सुविधा छ कि छैन । कम्पनी सहि हो हैन ? कति जनाको लागि कुन-कुन पदमा माग आएको छ भन्ने डिमाण्डमा दिईएको हुन्छ, यदी तपाईलाई प्राप्त डिमाण्डप्रति शंका लाग्छ भने हरेक बैदेशिक रोजगारको डिमाण्डमा LOT नम्बर (सरकारबाट पुर्व स्वीकृति लिएपछि प्राप्त हुने नम्बर) हुन्छ, त्यो नम्बरलाई ‘Baideshik Rojgar‘ एपमा गएर वा नेपाल सरकार बैदेशिक रोजगार बिभागको वेबसाइटमा गएर सत्य/तथ्य चेक गर्न सकिन्छ । म्यानपावर कम्पनी आँफैले रोजगारी ल्याएको हो कि अरु कुनै कम्पनीसँग मिलेर काम गरिरहेको छ भन्ने बारे पनि सोहि Lot नम्बर हेरेर थाहा पाइन्छ । त्यसमा कम्पनीले मागेका पद, तलब, माग भएको शंख्या लगायत जानकारी प्राप्त हुन्छ ।

५. डिमाण्ड चेक गरेपछि कमाउने आफूले तलब र आफूलाई आम्दानी हुने/नहुने वारेमा तुलना गर्नुहोस् र आफूलाई लाभ हुने काममा मात्र आवेदन दिनुहोस् । साथै आफू जान लागेको कम्पनी र देशको बारेमा पूर्ण जानकारी लिनुहोस् । वा बिदेशमा रहेका साथी भाईसंग उक्त कम्पनीबारे जानकारी लिन सकिन्छ । त्यसो त कतिपय बिदेशी कम्पनीकोबारे गुगलबाटै पनि जानकारी लिन सकिन्छ । 

६. छनोटमा परेको डिमाण्डबारे म्यानपावरसँग फोन मार्फत वा सिधै म्यानपावर कम्पनीमै पुगेर थप जानकारी लिनुहोस् । म्यानपावरमा आवेदन दिंदा एजेन्ट मार्फत नभई सिधै म्यानपावरमा आफै गएर दिनुहोस् । सिधा म्यानपावरबाट विदेश जाँदा लागत खर्छ केहि कम लाग्छ । 

७. कुनै पनि एजेन्टले अन्तर्वार्ता पास गराईदिन्छु भनेर मोटो रकम असुल्न सक्छन, रोजगारदाताले कामदारकोको खुबी जाच्ने हो, त्यसैले सिधै म्यानपावर कम्पनीसँग आँफैले सम्पर्क गर्नुपर्छ र डिमाण्डबारे जानकारी लिनुपर्छ । सरकारले एजेन्टको व्यवस्था खारेज गरिसकेकोले तपाइँ एजेन्टको विश्वासमा बैदेशिक रोजगारमा जाँदा पछि पिडित बन्नुभयो भने समस्या पर्न सक्छ । 

८. माथिको चरण पार गर्दै अब तपाइँ म्यानपावरमा हुनुहुन्छ र म्यानपावरले मागेको कागजात सहित आवश्यक प्रि-अन्तर्वार्ता दिनुहोस्, आवश्यक भए फाइनल अन्तर्वार्ता दिनुहोस्, प्राय फाइनल अन्तर्वार्तामा सम्बन्धित कम्पनीकै प्रतिनिधि आएका हुन्छन्, उनीहरुलाई कम्पनीको बारे आफूलाईलाई लागेको कुरा थप सोध्न सक्नुहुन्छ र तपाइँ छनोट परेपछि म्यानपावरको सल्लाह अनुसार थप काम गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो