२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन जनाको विभत्स हत्या भएको दुई हप्तासम्म शव र दोषीको पहिचान भएन, यसरी रहस्यमय बन्दै घटना

२०७६, २३ कार्तिक शनिबार ०७:२८

हुमाकान्त पोखरेल, कात्तिक २३,. तम्घास (रासस) । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उहाँलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै । कारण हो, दुई हप्ताअघि घर नजिकै तीन जनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्नु र अझैसम्म पनि हत्यारा पत्ता नलाग्नु । 

चन्द्रकोट–२ स्थित हर्राचौरको जङ्गलमा कात्तिक १६ गते शनिबार बिहान तीन वटा शव भेटिएका थिए । जसमध्ये एकजना महिला र दुई बालबालिका रहेका छन् । अन्दाजी २७ वर्षीया महिला, ११ र सात सात वर्षीया बालिकाको शव जङ्गलमा भेटिएको थियो । महिला र एक बालिकाको शव १० मिटर र अर्को बालिकाको शव २० मिटरको दूरीमा फेला परेको थियो । तर, अहिलेसम्म पनि न त शवको पहिचान हुनसकेको छ, न त हत्यारा नै पत्ता लागेको छ । 

शव भेटिएको स्थानको केही तलपट्टि सार्कीको ख¥र्यान पर्छ । जहाँ उहाँ दैनिकरुपमा घाँस, दाउराका लागि जानुपर्छ । तर, घटना थाहा पाएपछि भने उहाँ ख¥र्यानमा जान सक्नुभएको छैन । घरमा वृद्ध बुढाबुढी मात्रै बस्ने उहाँको पछिल्लो दिनचर्या त्रासमै कट्ने गरेका छ । “घरमा बुढाबुढी मात्रै छौँ, कतैबाट आएर मार्छन् कि भन्ने डर लाग्छ”, उहाँले भन्नुभयो, “घरबाट निस्कन पनि डर लाग्छ, तर काम नगरे खर्च चल्दैन ।” यस्तो घटना यसभन्दा पहिले कहिल्यै पनि घटेको थिएन । पातलो बस्ती भएको र प्रहरीचौकी पनि नजिकमा नभएकाले आफूहरुलाई झन् त्रसित बनाएको उहाँले बताउनुुभयो । 

सार्कीलाई मात्र होइन, तिर्खाबहादुर रम्तेललाई पनि आजभोलि एक्लै घरबाहिर निस्कन निकै डर लाग्छ । “घटनापछि सिङ्गो गाउँ नै त्रसित बनेको छ, बाटोमा एक्लै हिँड्न पनि डर लाग्ने भयो ।” उहाँले भन्नुभयो,“छिटोभन्दा छिटो हत्यारा पत्ता लगाउनु प¥र्यो ।” त्यसका साथै उहाँले महिला, केटाकेटी तथा वृद्धवृद्धालाई झन बढी त्रास रहेको बताउनुभयो ।

स्थानीय युवा किरण हमालले दुई हप्तासम्म पनि शवको पहिचान हुन नसक्नु र हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् भएको बताउनुभयो । अधिकांश घटना गुमनाम बनाइने भन्दै उहाँले यसतर्फ प्रहरीलाई सचेत हुन आग्रह गर्नुभयो । “गाउँ त्रासमा छ, न त शवको पहिचान भएको छ र न त हत्यारा नै पत्ता लाग्न सकेको छ”, उहाँले भन्नुभयो, “यसम्बन्धमा भएको अनुसन्धानबारे पनि हामी अनविज्ञ छौँ ।” हमालले यस घटनामा प्रहरी कम सक्रिय भएको आरोप लगाउनुभयो । शव भेटिएको स्थान वरपर नजिकमा कतै पनि बस्ती छैन । झाडी र अप्यारो भिर मात्र । तर, शव भेटिएको करीब २०० मिटर तल भने खर्क र खेतबारी पर्दछन् । त्यसैले पनि यस घटनाबाट चन्द्रकोटका हर्राचौर, विशुखर्क, हरेवा, शान्तिपुर तथा बागलुङको गलकोटलगायत आधा दर्जनभन्दा बढी गाउँ त्रसित बनेका छन् ।

गुल्मी र वाग्लुङका प्रहरीको सहकार्य जरुरी

शव भेटिएको स्थान गुल्मी र बागलुङको सिमाना नजिकमा पर्छ । शव भेटिएको स्थानबाट करीब आधा घण्टाको पैदलयात्रापछि बागलुङको गलकोट नगरपालिकामा पुगिन्छ । त्यहाँ अत्यधिक मात्रामा लागुऔषधको खेती हुने गर्दछ । उक्त ठाँउबाट शव भेटिएको स्थान हुँदै गुल्मीको चन्द्रकोट गाउँपालिकाको हर्राचौर र विश्वुखर्कतर्फ जाने सडक छ । 

जङ्गलको बीचमा शव फेला परेकोले प्रहरीलाई अनुसन्धानमा पनि कठिनाइ भएको छ । यसरी दुई जिल्लाको सिमानामै शव फेला परेकोले विशेष गरी गुल्मी र बागलुङका प्रहरीको सहकार्य हुनुपर्ने नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका सचिव टोपलाल अर्यालले बताउनुभयो । “यस घटनामा गुल्मी प्रहरीको मात्रै आशा गरेर हुँदैन, किनकि घटना सिमानामा घटेको छ”, उहाँले भन्नुभयो, “स्थानीयसँगको समन्वयमा दुवै जिल्लाका प्रहरीले अनुसन्धान गर्नु आवश्यक छ ।”

शव पहिचानमा केन्द्रित छौँ : प्रहरी

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले आफूहरु शव पहिचानमै केन्द्रित भएको प्रतिक्रिया बताउनुभयो । दुई हप्तासम्म पनि शव पहिचान नभएकोले हत्यारा पत्ता लगाउन कठिनाई भएको बताउनुभयो । उहाँले बागलुङको गलकोट, बूर्तिवाङ, पाल्पाको प्रहरीलगायतका प्रहरी कार्यालयसँग सम्पर्क भइरहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र भट्टराईले गुल्मी र बागलुङका प्रत्येक गाउँपालिका, वडाकार्यालय, विभिन्न विद्यालयलगायतका सङ्घ संस्था तथा समुदायसँग समन्वय गरिरहेको जानकारी दिनुभयो । उनीहरुले लगाएको कपडा हेर्दा बागलुङ पश्चिम, रुकुम पूर्व वा ढोरपाटन क्षेत्रको हुनसक्ने अनुमान गरिएको बताउनुभयो । शवको पहिचान र हत्यारा पत्ता नलागुञ्जेलसम्म आफूहरुको अनुसन्धान जारी रहने उहाँले बताउनुभयो ।

यसरी रहस्यमय बन्दै घटना

यसम्बन्धमा गुल्मी प्रहरीले हुलिया तयार पारी कसैका परिवारका सदस्य भए प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ । गुल्मीको साथसाथै बागलुङलगायत विभिन्न जिल्लाका प्रहरी कार्यालयमार्फत आग्रह गरेपनि अहिलेसम्म कसैले कतै पनि आफन्त हराएको सूचना प्रहरी कार्यालयमा दर्ता गराएका छैनन् । जसले गर्दा मृत भेटिएका महिला र बालिकाको पहिचानमा समस्या हुनुका साथै घटना पनि रहस्यमय बन्दै गएको छ । गुल्मी, पाल्पा, स्याङ्जालगातका छिमेकी जिल्ला कही पनि सो हुलिया मेल खानेगरी उजूरी परेको छैन ।

शव नजिकै घन फेला

प्रहरीको प्रारम्भिक अनुसन्धानले शव हत्या गरेर फालिएको देखाएको छ । महिलाको मुहारदेखि टाउकोसम्म गम्भीर चोट लागेको थियो । शव पनि सडकभन्दा चार मिटर तल झाडिमा भेटिएको थियो । नजिकैमा कुनै बस्ती नभएको र छाडी भएकाले हत्या केही दिन पहिले नै भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले एक बालिकाको शव नजिकै एउटा ह्यामर पनि फेला पारेको थियो । ह्यामरलाई गाउँघरको भाषामा घन भनिन्छ । यो ढुङ्गा फुटाउने काममा प्रयोग हुन्छ । १२ वर्षीया बालिकाको शव नजिकै रगत पनि देखिएको थियो । तीनवटा शव फेला पर्नु, शव नजिकै रगत देखिनु, ह्यामर अर्थात् घन फेला पर्नु, महिलाको अनुहारदेखि टाउकोसम्म चोट लाग्नुजस्ता कारणले हत्या नै भएको हुनसक्ने गुल्मी प्रहरीका सूचना अधिकारी घलेले जानकारी दिनुभयो । 

पाल्पा जिल्ला अस्पतालमा शव

तीन वटै शवलाई प्रहरीले पाल्पा जिल्ला अस्पतालमा राखेको छ । गुल्मी जिल्ला अस्पतालमा शवको परीक्षण गरी सुरक्षित राख्नका लागि पाल्पा जिल्ला अस्पतालमा पठाएको गुल्मी प्रहरीले जनाएको छ । प्रहरी र अस्पतालको समन्वयमा केही दिनपछि शव जलाउने तयारी भइरहेको प्रहरीले उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ