२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

युवाका क्षेत्रमा परिणाममुखी काम गरेर देखाउँछु : उपाध्यक्ष ढुङ्गेल

९ चैत्र २०७२, मंगलवार ०१:१३

चैत ९, प्रज्वल पौडेल, रामेछाप ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले परिषदले युवाका
क्षेत्रमा परिणाममुखी काम गरेर देखाउने बताउनुभएको छ । पहिलो पटक युवा केन्द्रित गरी गठन भएको परिषदका
उपाध्यक्ष ढुङ्गेलले युवा लक्षित सीप, रोजगारी सिर्जना गर्ने दाबी गर्नुभयो । मदन भण्डारी फाउण्डेशन
रामेछापले सदरमुकाम मन्थलीमा सोमबार आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा धारणा राख्दै उपाध्यक्ष
ढुंगेलले नेपालमा विभिन्न मन्त्रालयमार्फत् युवाका क्षेत्रमा बजेट खर्च गरेपनि नतिजा भने आउन नसकेको
टिप्पणी गर्नुभयो ।

madhav dhungel

उहाँले विगतमा युवा
मन्त्रालय अन्तगर्त सञ्चालित कार्यक्रम प्रभावकारी नभएकोले राज्यले युवा परिषद गठन गरेर काम गरेको धारणा
राख्नुभयो । देश विदेशिएका युवाले पठाएको रेमिटेन्सबाट चलेको बताउँदै ढुंगेलले युवा परिषद्ले ठोस
रणनीतिका साथ युवालक्षित नतिजामुखी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामेछाप एमालेका अध्यक्ष शान्तिप्रसाद पौडेल, उद्योग वाणिज्य संघ
रामेछापका महासचिव जगन्नाथ दाहाल, राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतले
ढुंगेलको कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

madhav dhungel 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली