७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

गाउँमा सहकारी शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता

१३ चैत्र २०७२, शनिबार २३:५७

चैत्र १३, प्रज्वल पौडेल, रामेछाप ।

नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीका शेयर सदस्यहरुले गाउँ गाउँमा सहकारी
शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । सहकारी अध्ययन अवलोकन भ्रमणमा गएका
सदस्य र सञ्चालक समितिबीच सदरमुकाम मन्थलीमा शनिबार भएको भ्रमण समिक्षा कार्यक्रममा उनीहरुले यस्तो
बताएका हुन् । सहकारीको शेयर सदस्य बनेपछि के–कस्तो लाभ लिन सकिन्छ, अरु सहकारी भन्दा आफ्नो सहकारीमा के
भिन्नता छ सो कुरा नागरिकस्तरमा पुर्‍याउनुपर्ने उनीहरुको सुझाव छ । उनीहरुले गाउँ गाउँमा सेवा केन्द्र
विस्तार गर्नुपर्ने, शेयर सदस्यको आयस्तर बृद्धि हुने र महिला, बालबालिका, युवा लक्षित कार्यक्रम संचालन
गर्नुपर्नेमा जोड दिए । उनीहरुले सहकारी अध्ययन भ्रमणले सहकारीविच समन्वय, आपसी सम्बन्ध विस्तार र
सहकारी क्षेत्रलाई मजबुत बनाउन महत्वपूर्ण भुमिका खेलेको बताए ।

news 1

चितवन र
नवलपरासी जिल्लाका सहकारीहरुले संचालन गरेको बचत तथा ऋणका कारोबार रामेछापमा पनि लागू गर्न सकिने ऋण
उपसमितिका सदस्य सिताराम कार्कीको भनाइ छ । सहकारी अध्ययन भ्रमणले सदस्यहरुप्रति आत्मबल बढेको बताउदै
सदस्य कार्कीले प्रतिबेदनमा समावेश भएका विषयलाई कार्यान्वयनमा लैजादा संस्थालाई फाइदा पुग्ने बताउनुभयो
। त्यसैगरी संस्थाका शेयर सदस्य गोमा थापाले महिला तथा बालबालिकालाई प्रत्यक्ष फाइदा हुने कार्यक्रमहरु
सहकारीले संचालन गर्नुपर्नेमा धारणा राख्नुभयो । उहाँले आगामी दिनमा समेत सहकारी अध्ययन भ्रमणलाई
निरन्तरता दिनुपर्ने बताउनुभयो ।

news 3

कार्यक्रममा
सहकारीका सचिव सोमेश थापाले सहकारी अध्ययन भ्रमणमा गएका सदस्यले दिएका सुझावलाई संचालक समितिको बैठकमा
लगेर छलफल गरिने बताउनुभयो । उहाँले प्रतिवेदन तथा छलफलमा उठाइएका विषयबस्तुलाई अध्ययन गरि तत्कालिन र
दिर्घकालिन कार्यलाई प्राथमिकिकरण गर्दै भावी योजना तयार गर्ने प्रतिबद्धता जनाउनुभयो । सहकारीका नैतिक
मूल्यहरुको विश्लेषण गर्दा इमान्दारिता सहकारीका क्रियाकलाप पारदर्शि हुन्छन् सहकारीमा ढाँट छललोभ पाप
हुदैन सचिव थापाले भन्नुभयो–आफुलाई सुम्पीएको जिम्मेवारी संचालक समितिले इमान्दारीपूर्वक गर्दछन् । ऐन
नियम तथा विनियमको मर्यादामा इमान्दारिता हुन्छ । नीति अनुरुपको आचारण गर्ने गर्छन् ।” सहकारी संस्थामा
पारदर्शिता ल्याउनका लागि सहकारी संस्थाका सबै आ–आफ्नो क्षेत्रबाट सक्रिय हुनुपर्छ– उहाँले भन्नुभयो ।”

news 2
सहकारीका उपाध्यक्ष दीपककुमार
क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा व्यवस्थापक रमेशकुमार उदासले सहकारी अध्ययन भ्रमणमा
लागेको खर्चको जानकारी गराउनुभयो । नवजागरण साकोसले बार्षिक साधारणसभामा गोलाप्रथाद्धारा छनौट भएका
शेयरसदस्य र संचालक समितिका पदाधिकारीसहित ३२ जनालाई ५ दिने सहकारी अध्ययन भ्रमणमा लगेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने